भारतको आकाशमा बच्चा जन्मियो



नयाँदिल्ली, (एजेन्सी)

भारतमा उडिरहेको विमानभित्रै एकजना महिलाले निर्धारित समयभन्दा पहिले नै एक शिशुलाई जन्म दिएकी छन्।

राजधानी दिल्लीबाट बेंगलोरतर्फ उड्दै गरेको इन्डिगो एयरलायन्सको विमानमा बुधबार राति ती महिलालाई बच्चा पाउन फ्लाइट एटेन्डेन्टहरूले सहयोग गरेका थिए।

एउटा विज्ञप्ति जारी गर्दै एयरलाइनले नाम नखुलाइएका ती महिलाले छोरा पाएको पुष्टि गरेको छ। यस अभूतपूर्व कार्य सफलताका लागि चालकदल र संयोगवश सो विमानमा सवार अर्का सहयोगी एक वरिष्ठ यौन रोग विशेषज्ञको प्रशंसा गरिएको छ।

त्यसमा सवार डा. शैलजा भल्लाभाइको सहयोगमा अस्पतालको वाततावरण बनाइएको दुई मिनेटमै ती महिलाले सहज ढंगले बच्चा जन्माएकी थिइन्।

दि न्युज मिनेटका अनुसार गर्भवती भएको अवधि ३२ साता नपुगिसकेकाले ती महिलालाई विमान चढ्न अनुमति दिइएको थियो।

कोरोना भाइरस संक्रमणबाट जोगिन पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) लगाएका चालक दलका सदस्यले नवजात शिशु बोक्दै गरेका तस्वीर सामाजिक सञ्जालमा भाइरल भएका छन्।

तर, भारतमा यसरी उडिरहेको विमानभित्र बच्चा जन्मेको यो विश्वकै पहिलो घटना भने होइन। यसै वर्षको अगस्टमा अलास्काको आकाशमा उडिरहेको विमानभित्र बच्चा जन्माउने एक महिलाले आफ्नो बच्चाको नाम नै आकाश रोखेकी थिइन्।

गत महिना मात्र कायरोबाट लन्डनतर्फ उडिरहेको इजिप्ट एयरको एक विमानका यात्रुले बच्चा जन्माउन लागेको देखिएपछि विमानको आपत्कालीन अवतरण गरिएको थियो। गर्भवती महिलालाई समयमै अस्पताल पु¥याउन पाइलटले विमान डाइभर्ट गरेर जर्मनीमा अवतरण गराएका थिए।

प्रतिक्रिया दिनुहोस्