बहुविबाह मुद्धाका अदालतले फैसला सुनाएका फरार अभियुक्त १० वर्ष पछि पक्राउ



यमलाल भुसाल,बुटवल ।

बहुविबाह मुद्धामा अदालतले फैसला सुनाएका फरार अभियुक्त १० वर्ष पछि पक्राउ परेका छन ।समसुरन मियाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला कपिलवस्तु साविक पत्थरदेहिया गा.वि.स. वडा नं. १ हाल बिजयनगर गा.पा.वार्ड नं.३ वस्ने मोहमद हलिम मिया हलुवाई भन्ने मोहमद हलिम बहु विवाह मुद्धामा कपिलवस्तु जिल्ला अदालतको २०६७ साल जेठ ३० गतेको फैसलाले निज प्रतिवादी उपर १ कैद र पांच हजार जरिवाना ठहरगरेको थियो ।

निज प्रतिवादी वारदात पश्चात फरार रही हाल जिल्ला प्युठान साविक हंशपुर गा.बि.स.वार्ड नं.६ हाल सोरुमारानी गाउंपालिका वार्ड नं.३ बडडांडा बस्ने गरेकोमा जिप्रका प्युठानले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा हस्तान्त्ररण गरेका छ ।

प्युठान प्रहरीले निज प्रतिवादीलाई आईतवार पक्राउ गरि कपिलवस्तु प्रहरीलाई बुझाएकोमा प्रहरीले अदालतमा उपस्थित गराइ अदालतवाट १ बर्ष कैद भुक्तानको लागी कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्