जग्गा किन्ने बहानामा लुटपाटपछि हत्या गर्ने तीन पक्राउ



न्युज अफ नेपाल, काठमाडौँ ।

जग्गा किन्ने बाहनामा लुटपाटपछि हत्या गरी फरार रहेका तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी लामा, २३ वर्षीय रमेश तामाङ र २७ वर्षीय प्रेम तामाङ रहेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

आरोपीहरुले गत बुधबार चाँगुनारायण नगरपालिका ८ सुँडालका ६१ वर्षीय चन्द्रकुमार योन्जनलाई जग्गा किन्ने बाहनामा लुटपाट गरी कुटपिट गरेका थिए । उनीहरुले योन्जनको साथमा रहेको सुनको ब्रासलेट र मोबाइल लुटेका थिए । कुटपिटपछि गम्भीर घाइते भएका योन्जनको उपचारको क्रममा बिहीबार काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्