विश्वको जुनसुकै कुनामा एक घन्टाभित्र हतियार पुर्‍याउने रकेट



वासिंगटन (एजेन्सी) ।

अमेरिकी नौसेनाले ब्याट फोर्स २०४५ को घोषणा गर्दै ढुवानी प्रणाली ससक्त बनाउने निर्णय गरेको छ । अमेरिकी सेना अमेरिकी निजी अन्तरिक्ष एजेन्सी स्पेसएक्ससँग मिलेर विश्वको कुनै पनि ठाउँमा ६० मिनेटमा हतियार पुर्याउन सक्ने रकेट निर्माण गर्ने योजना सार्वजनिक गरेको छ ।

अमेरिकी रक्षा मन्त्रालयले केही दिन अघि एलन मस्कको स्पेसएक्ससँग क्षेप्यास्त्र ट्य्राकिंग स्याटलाइट बनाउन १४ करोड ९० डलरको सम्झौता गरेको छ ।

एक भच्र्युअल बैठकलाई सम्बोधित गर्दै युएस ट्रान्सपोर्ट कमान्डका प्रमुख जनरल स्टिफन लियोन्सले नयाँ सहमति सार्वजनि गरे । जनरल लियोनले भने, स्पेसएक्स अब यस महत्वाकांक्षी परियोजनाको प्राविधिक चुनौती तथा लागतको आंकलन गरिनेछ ।

यस प्रविधिको सुरुवाट परीक्षण २०२१ मा आयोजित हुन सक्ने जनरल लियोन्सले बताए । सैनाको हेभी ट्रान्सपोर्ट एयरक्राफ्ट सी १७ ग्लोब मास्टरले एक पटकमा जति भार उठाउन सक्छ। त्यसलाई एक घन्टा भित्र विश्वको कुनै पनि कुनामा पुर्याउन सक्ने उनले बताए । अमेरिकी वायु सेनाको वेबसाइटका अनुसार सी १७ ग्लोबमास्टर ७४ हजार किलोग्राम भन्दा बढी पेलोड ढुवानी गर्न सक्छ ।

सी १७ ग्लोब मास्टर अमेरिकी वायुसेनाको सबैभन्दा शक्तिशाली र विश्वासिलो ट्रान्सपोर्ट एयरक्राफ्ट हो । यो विमानको मुल्य २१ करोड ८० लाख डलर पर्छ । यो विमानले ९ सय ४९ किलोमिटर प्रति घन्टा भन्दा अधिक बेगमा उडान भर्न सक्छ ।

सी १७ ग्लोबमास्टरको तुलनामा स्पेसएक्स उच्च बेगको रकेट बनाउने योजनामा काम गरिरहेको छ, जसले १२ हजार ७० किलोमिटर प्रति घन्टाको बेगमा उड्न सक्षम हुने छ । यसको अर्थ यो रकेटले एक पटकमा सी१७ ले बोक्ने बराबर कार्गो उठाएर अमेरिकाको फ्लोरिडाबाट अफगानिस्तानसम्मको यात्रा १ घन्टामा पुरा गर्न सक्षम हुनेछ ।

अर्को कम्पनी एक्सप्लोरेसन आर्किटेक्चर कर्पोरेसन पनि अमेरिकी सेनाका लागि एक उच्च गतिको रकेट विकास गर्ने एलोन मस्कको स्पेसएक्ससँग यस परियोजनामा काम गर्नेछ । सेप्टेम्बरा स्पेसएक्सले अमेरिकी अन्तरिक्ष बलसँग एक सम्झौतामा हस्ताक्षर गरेको थियो जस अनुसार राष्ट्रिय सुरक्षा पेलोड बोक्न विकसित रकेटलाई पुन उपयोग गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्