‘समुराई’ चाउचाउको बिक्री शुरु



यमलाल भुसाल,बुटवल ।

नेपाली बजारमा कोरियन स्वादको चाउचाउ (नूडल्स )को माग भएको भन्दै सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिले उत्पादन शुरु गरी बजारमा ल्याएको छ ।
नवलपरासीको रामग्राममा रहेको सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिले कोरियन स्वादको चाउचाउबजारमा ल्याएको हो ।
नेपाली बजारमा कोरियन तयारी चाउचाउको माग बढेकोले सजिलै त्यसको परिपूर्ति गर्नको लागि कोरियन स्वादको चाउचाउ उत्पादन शुरु गरेकोे सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिका अध्यक्ष उज्वल कसजुले जानकारी दिनुभयो ।
कम्पनीले लामो समयको अनुसन्धान पछि उत्पादन गरेर बजारमा ल्याएको उहाँले बताउनु भयो । ‘कोरियन स्पाईसी नुडल्स’को स्वादमा ‘समुराई गोउरेन्टस् स्पाईसी’ चाउचाउल्याएको र बजारमा लोकप्रीयहुनुका साथै उपभोक्ताले यसको स्वाद मन पराउने कम्पनीले विश्वास गरेको प्रवन्धनिर्देशकअभिषेक श्रेष्ठले बताउनु भयो ।
१२० ग्रामको कोरियन स्पाईसी नुडल्सको मुल्य नेपालीबजारमा १५० रुपैंयातय गरेको छ । सोहीअनुसार ७५ ग्रामको समुराई नुडल्सको ३० रुपैंया मुल्यनिर्धारण गरिएको कम्पनीकाव्यबस्थापक हरिबंशभुजेलले जानकारी गराउनु भयो । उहाँले नेपालीउपभोक्ताले सुपथमुल्यमा कोरियन स्वादलिनपाउने गरी कम्पनीले सुलभमुल्यनिर्धारण गरिएको उल्लेख गर्नुभयो । सिंगापुर, चिन र भारतबाट बिभिन्नअन्तर्राष्ट्रिय बजारबाट कच्चापदार्थआयात गरि उच्च गुणस्तर, मिठो स्वाद र सस्तो मुल्यमा कोरियन स्वादको समुराई नुडल्स बजारमा ल्याईएको अध्यक्षकसजु बताउनुहुन्छ ।
सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिबाट उत्पादित समुराई नुडल्सको आधिकारिक डिष्टिव्यूटर्सको जिम्मा बुटवल संगमपथमा रहेको ‘यु एण्ड यु’ईन्टरनेशनलले लिएको छ । कम्पनीले उत्पादन गरेको समुराई नुडल्स आईतवार देखि बजारमा पठाईएको यु एण्ड यु ईन्टरनेशनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्