दासीमाथि गोविन्द राईको भिडियो



दर्जनौं फिल्मका गीतहरुलाई आफ्नो कोरियोग्राफीका माध्यमले उत्कृष्ट तुल्याएका कोरियोग्राफर गोविन्द राईको कोरियोग्राफीमा एउटा गतिलो म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
एकपछि अर्को गीत पस्कँदै आएका गायक थिरज राईको पछिल्लो गीत दासी बनेर जिउनेमाथि नृत्य निर्देशक राईले उत्कृष्ट शैलीको म्युजिक भिडियो तयार पारेका हुन्। भिडियो टीएनएसपीएम मिडियाले युट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ।
जसमा निर्देशक गोविन्द राईले जोन पुलामी मगर र उर्मिला गुरुङको जोडीलाई सुहाउँदो रोमान्स गराएका छन्। गीतमा सचित राईको शब्द र गणेश चौधरीको संगीत छ।
गायक राईले प्रेम र सुन्दरताको विषयवस्तु समेटिएको गजल प्याटर्नको गीत रहेको जानकारी दिए। यो गजल उनको तेस्रो गीतिएल्बम निमन्त्रणामा समेटिएको छ। एल्बम केही वर्षअघि नै बजारमा आए पनि यसको भिडियो बल्ल ल्याउन सकेको गायकले बताए। ‘यसअघि दुईपटक सुटिङ गरे पनि विभिन्न कारणले भिडियो सार्वजनिक गर्न सकिएन’, उनले भने– ‘कोरोना महामारीका बेला भिडियो बनाउन जुरेको रहेछ। दर्शक÷स्रोताले मेरा अन्य गीतजस्तै दासीलाई पनि माया गरिदिनुहुन्छ भन्ने विश्वास छ।’
उनले केहीअघि मात्र उदासी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए। उक्त भिडियोमा पनि जोनलगायत कलाकारको अभिनय थियो। निर्देशक राईले स्रष्टाहरूको प्रतिभालाई सही तरिकाले मूल्यांकन गरिदिन दर्शक÷स्रोतासमक्ष आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्