विपन्न दलित परिवारलाई नेताको स्वास्थ्य बीमामा सहयोग



न्युज अफ नेपाल,पाल्पा ।

पाल्पाका नेपाली काग्रेस सम्वद्ध नेताहरुले विपन्न परिवारलाई लक्षित गरेर स्वास्थ्य विमा गरिदिएका छन । जिल्लाको उत्तरी भेगमा पर्ने वगनासकाली गाउँपालिका–६, टोक्सेका २९ विपन्न दलित घरपरिवारका व्यक्तिहरुलाई नेपाली कांग्रेसका नेताहरुले स्वास्थ्य बीमा गरिदिएका हुन् । नेपाली कांग्रेस पाल्पाका सभापति एवम प्रदेश साँसद वीरबहादुर राना, सोही गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल र प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले व्यक्तिगत रुपमा विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएका हुन् ।

विपन्न दलित परिवारको स्वास्थ्य बीमाको रकम हस्तान्तरण गर्दै लुम्बिनी प्रदेशका सांसद वीर बहादुर रानाले सरकारको गैर जिम्मेवारीका कारण पछिल्लो समय नेपाली जनताले आधारभूत स्वास्थ्य सेवा समेत पाउन मुस्किल भएको वताउदै कोरोना महामारीले विश्व आक्रान्त भएको वेला सरकार भने स्वार्थगत राजनीतिमा भुलेको आरोप लगाउनु भयो । उहाले महामारीका कारण जनताको गरिखाने रोजगारी खोसिएको छ यस्तो अवस्थामा बिरामी हुँदा उपचार पाउन सहज होस् भनेर स्वास्थ्य बीमामा सहयोग गरेको जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले आफूहरुले आवश्यकताका आधारमा जनताको समस्या सम्बोधन गर्न व्यक्तिगत समेत सहयोग पु¥याउँदै आएको बताउनु भयो । टोक्सेका विपन्न परिवारलाई स्वास्थ्य बीमाका लागि वीरबहादुर राना र कृष्ण प्रसाद बस्यालले २०÷२० हजार र लक्ष्मी प्रसाद अधिकारीले १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्