कर्णालीका मुख्यमन्त्रीद्वारा प्रमुख सचेतक शाह पदमुक्त

दुई पक्षद्वारा छुट्टै बैठक बोलाइयो



दिपेन्द्र शर्मा,सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा कर्णाली प्रदेश संसदिय दलका नेता महेन्द्र वहादुर शाहीले दलका प्रमुख सचेतक गुलाव जंग शाहलाई पद मुक्त गर्नु भएको छ । शाहलाई जिम्मेवारीवाट हटाएर मुख्यमन्त्री शाहीले सचेतक सिता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिनुभएको छ । शाहको कामकारवाही उचित नभएको भन्दै मुख्यमन्त्री शाहीले शाहलाई पदमुक्त गरेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाहीले प्रदेश सभादलको विधानको धारा (७) अनुसार पदमुक्त गरिएको र हाल सम्मप्रमुख सचेतकको हैसियतले शाहले गरेको कामको लागी धन्यवाद दिनुभएको छ । पदमुत्त mभएका शाहपुर्व एमालेका हुन भने नेपाली पुर्व माओवादीका हुन् । आइतवार सत्तापक्षकै सांसदहरुले मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णलीमा विवाद चुलिएको हो ।

दुइ पक्षद्धारा छुट्टै बैठक बोलाईयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही विरुद्ध नेकपा कर्णाली प्रदेशको संसदीय दलमाआइबार अविश्वासको प्रस्ताव दर्ता गरेसँगै कर्णालीमा उत्पन्न राजनीतिक तरंग वालुवाटार र खुमलटार सम्म पुगेको छ । नेकपा कर्णाली प्रदेशमा चुलिएको विवाद झन उग्र हुने देखिएको छ ।

मुख्यमन्त्री शाही विरुद्ध आइतवार दलका वहुमत सांसदहरुले अविश्वासको प्रस्ताव दलमा दर्ता गरेपछि प्रमुख सचेतक शाहले मंगलवार दिउसो १ वजे संसदिय दलको बैठक वोलाउनु भएको छ । तर शाहले वोलाएको वैठक वस्न नपाउदै मुख्यमन्त्री शाहीले शाहलाई पदमुक्त गरेर सांसद सिता नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गर्नुभएको छ ।

शाहीले नियुक्त गरेको प्रमुख सचेतक नेपालीले विहान ११ वजे वैठक वोलाउनु भएको छ । यसै विच पदमुक्त गरिएका प्रमुख सचेतक गुलाव जंग शाहले प्रदेश सभा दलको विधान अनुसार दलको बैठक राख्ने र यसलाई टुंगोमा पुरयाउने आफनो काधमा आएकोले तत्काल समस्याको समधान गर्ने वताउनुभयो ।

ब्याकडेटमा पत्र तयार गरेर जो गर्न खोजिएको छ त्यो गलतभएको भन्दै शाहले वहुमत सांसदको हस्ताक्षर सहितको अविस्वासको प्रस्ताव दर्ता भएकोले पछाडी आफुलाई हटाएको पत्रवाहीर ल्याउनु विधि सम्वतनभएको शाहले वताउनुभयो । बैठक नरोकिने र आफनै अध्यक्षतामा वस्ने शाहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्