पहिरो हटाउनका लागि दैनिक तीनघण्टा सिद्धार्थ राजमार्ग बन्द



न्युज अफ नेपाल,पाल्पा ।

असौजको पहिलो हप्ता र अघिल्ला महिनाहरुमा पनि भारी वर्षाका कारण विग्रेको सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड मर्मतका लागि दैनिक तीन घण्टा बन्द भएको छ । राजमार्गको बर्तुङदेखि चिडियाखोलासम्म विभिन्न स्थानमा गएको पहिरो हटाउनका लागि यो खण्डमा सवारी आवागमन वन्द गरि पहिरो पन्छाउने काम भइरहेको डिभिजन सडक कार्यालयले जनाएको छ ।

पहिरो हटाउनका लागि सोमवार देखि बिहीबारसम्म दैनिक तीन घण्टा सडकमा सवारी आवागमन बन्द गरिएको हो । बिहान ६ बजेदेखि ९ बजेसम्म सवारी आवागमन बन्द गरेर पहिरो हटाउन थालिएको सडक डिभिजन कार्यालय, पाल्पाले जनाएको छ ।

सोमबार बिहान राजमार्ग अन्तर्गत तिनाउको अर्घाछाप र गौडेपुलमा पहिरो हटाउने काम गरिएको छ । बिहान ९ बजेपछि भने सवारी आवागमन खुला गरिएको र रोकिएका सवारी गन्तव्यतर्फ लागेको पाल्पाका ट्राफिक प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिनुभयो । अविरल वर्षाका कारण राजमार्गको दर्जनौं ठाउँमा पहिरो गएको थियो ।

प्रतिक्रिया दिनुहोस्