बुटवल पाल्पा सडक ४ दिन दैनिक ३ घण्टा बन्द गरि पहिरो सफा गरिँदै



यमलाल भुसाल,बुटवल ।

सिद्वार्थ राजमार्गको बुटवल पाल्पा सडक सोमवारदेखि बिहीबारसम्म दैनिक ३ घण्टा बन्द गरिने भएको छ ।सडकमा खसेका पहिरो सफा गर्न यही असोज २९ गतेसम्म बिहान ६ बजेदेखि ९ बजेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

सिद्धार्थ राजमार्गमा पर्ने बुटवल पाल्पासडकको चिडिया खोलादेखि बर्तुङसम्म पहिरो सफा गर्ने काम भएकोले दैनिक ३ घण्टा सडक बन्द गरिने सडक कार्यालयले जनाएको छ ।

दैनिक ५ हजार बढी साना ठूला गाडी चल्ने यो सडकमा चाडपर्वको समयमा दैनिक ३ घण्टा सडक बन्द हुँदा यात्रुले थप समस्या भोग्नु पर्ने भएतापनि सडक सुधार जरुरी, रहेकाले परेको समस्यालाई सहज मानी दिन पनि कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्