जिप कम्पास लाइन अपमा अर्को एसयुभी



काठमाडौं (नेस) ।

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आइतबार २४ औँ वार्षिकोत्सवका अवसरमा आन्तरिक उडानमा एटिआर जहाज मार्फत गुणस्तरीय सेवा प्रदानका साथै पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको दावी गरेको छ ।
सन् १९९७ अक्टोबर ११ मा नेपाली आकाशमा बुद्ध एयरले पहिलो उडान गरेको थियो । यसले उडानकै शुरुआतमा अमेरिकाबाट नयां जहाजबीच क्राफ्ट १९०० डी भित्र्याएको थियो । बुद्ध एयरसँग अहिले १३ जहाज, एक हजार भन्दा बढी कर्मचारी तथा लाखौँ देशी विदेशी यात्रुले यात्रा गरेका छन ।

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले अनवरत यात्रामा यात्रुको सेवा गुणस्तर तथा सामाजिक उत्तरदायित्वलाई ख्याल गरी सेवा विस्तार र प्राविधिक क्षमता अभिवृद्धि गर्न कम्पनी लागिपरेको बताउनुभयो ।

उहाँले उडान ठप्प भए पनि जहाजको नियमित मर्मत सम्भार, रेखदेख तथा जनशक्ति सञ्चालन खर्च कटौती नगरिएको जानकारी दिनुभयो ।

बुद्धले बन्दाबन्दीमा झण्डै ६ महिना आम्दानी पनि शून्य रहेका अवस्थामा आफ्ना एक हजार १ सय कर्मचारीलाई नियमित रूपमा तलब वितरण गरिएको जनाएको छ ।

प्रबन्ध निर्देशक बस्नेतले भन्नुभयो–हाम्रो पहिलो प्राथमिकता नै हरेक कर्मचारीको जीवनयापन सजिलो होस् र हाम्रा जहाजको मर्मतसम्भार रेखदेखमा कुनै पनि अवरोध नआओस् भन्ने हो ।

प्रतिक्रिया दिनुहोस्