कला र संगीतलाई अवार्ड र सम्मान



कोरोना कहरका बीच राजधानीमा लामो सयमपछि एक कार्यक्रम भएका छ। राजधानीको नयाँ बानेश्वरस्थित अर्याल होटलमा आइतबार एक समारोहबीच नेपाली आर्ट, कल्चर एन्ड म्युजिक अवार्ड–२०७७ सम्पन्न भएको हो।

अवार्डमा आधुनिक गीततर्फ सल्लाघारीमा बोलको गीतबाट आभास श्रेष्ठ सर्वोत्कृष्ट गायक, डाली चरी भुइँमा खस्योबाट सोना अमात्य गायिका (आधुनिक), बाँच्न जति गाह्रोबाट विकास चौधरी संगीतकार, शंकाले लंकाबाट हरि उप्रेती पुरुष गीतकार, फुलेको केशबाट तारा अधिकारी महिला गीतकार, पिरतीमाबाट शिखर सन्तोष र सुष्मा पूर्णिमा अर्याललाई युगल गायनको अवार्ड प्रदान गरियो।

त्यसै गरी बाजा बजाउँदैबाट सुजाता केसी लोकप्रिय गायिका अफ द इयर, विस्तारै विस्तारैबाट प्रतिमा गुरुङ लोकप्रिय गायक, कोरेको छु तिम्रो तस्वीरबाट गौतम खाती म्युजिक भिडियो पुरुष मोडल, भुलबाट सरिता श्रेष्ठ ‘सारा’ महिला मोडल फूलको कुराबाट जसबहादुर याख्खा ‘जसु’ म्युजिक भिडियो निर्देशक, लोकप्रिय म्युजिक भिडियो निर्देशक, भोगाइ जीवनबाट विद्या तिवारी र मुटुमा चोटबाट मञ्जु उपासना जुरी अवार्ड, हास्न मनबाट प्रतीक्षा खड्का लोकिप्रय म्युजिक भिडियो मोडलको अवार्ड प्रदान गरिएको छ।

त्यस्तै समीर खान र सुजना बर्देवा म्युजिक भिडियो नवमोडल, (आधुनिक), सराज कोइरला जुरी अवार्ड, सुरज पौडेल लोकप्रिय गायक भएका छन् भने पपतर्पm मानसजार, लक्ष्मी पुरी प्रधान गायकगायिका, राजकुमार देवकोटा नवगायक, राजु ग्याबक पुरुष मोडल, चिरञ्जीवी भण्डारी र नम्रता तामाङ जुरी अवार्डको विजेता भएका छन् भने रुद्रसेन विश्वकमा सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत, कोशिष क्षेत्रीलाई क्रिटिक्स अवार्ड र निशुकान्त झालाई सर्वोत्कृष्ट इभेन्ट डाइरेक्टरको अवार्ड दिइएको छ। अवार्ड गीत संगीतका अन्य थुप्रै विधामा पनि प्रदान गरिएको थियो।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यता तथा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रकारहरु शान्तिप्रिय, पुरुषोत्तम बस्नेत, सौन्दर्यकर्मी सोनी काररञ्जित, रश्मिला श्रेष्ठ, इन्ता श्रेष्ठ, रिना अवाले, गीतकार सावित्रा चिलुवाल, साहित्यकार भिष्मराज फुलारा, गीतकार इभेन्ट म्यानेजमेन्ट एसोसिएन अफ नेपालका अध्यक्ष लवबहादुर कार्की, फिल्म निर्देशक समुद्र भट्ट, कलाकार दीपक डोटेल, गायिका सरिता भारतीलगायतलाई सम्मान गरिएको थियो।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष सूर्य चन्दले कलाक्षेत्रमा क्रियाशीलहरुलाई सम्मान तथा अवार्ड प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे। त्यसै गरी प्रमुख अतिथि शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कला क्षेत्रमा निरन्तर क्रियाशील कलाकारहरुलाई सम्मान गर्नु सबैको दायित्व भएको चर्चा गर्दै यस्तो कार्यक्रमले कलाकारलाई अझ ऊर्जा मिल्ने बताए।

प्रतिक्रिया दिनुहोस्