मानसिक स्वास्थ्यको बहानामा दीपिकालाई कंगनाको व्यंग्य



प्रत्येक वर्षको १० अक्टोबरमा विश्व मानसिक स्वास्थ दिवसका अवसरमा बलिउड अभिनेत्री कंगना रनावतले मानसिक स्वास्थ्यको बारेमा आप्mनो धारणा राख्ने बाहनामा नाम नलिइकन अर्की अभिनेत्री दीपिका पादुकोणमाथि निशाना साँधेकी छिन्।

कंगनाले ट्विटरमा एक पोस्ट गर्दै लेखेकी छिन्– ‘हामीले मानसिक स्वास्थ्यसम्बन्धी एक फिल्म बनाएका थियौं। तर, ती व्यक्तिहरु जसले डिप्रेसनको दोकान चलाइरहेका छन्, उनीहरुले नै फिल्मको नामको विरोध गर्दै अदालत समक्ष पु¥याए।

हामीले उक्त फिल्मको नाम बदल्यौं, जसले गर्दा उक्त फिल्मको मार्केटिङमा निकै असर प¥यो। तर, यो निकै राम्रो फिल्म हो सबैले एकचोटि हेर्नुहोला।’


बेला–बेलामा मानसिक स्वास्थ्यसम्बन्धी चर्चा गरिरहने दीपिका पादुकोणले आफूमा रहेको डिप्रेसनको बारेमा केहीपटक मिडियासामु खुलेर कुरा गरिसकेकी छिन्। केही दिनअघि मात्र दीपिकाले डिप्रेसनका बारेमा एक पोस्ट लेखेकी थिइन्।

त्यसैको जवाफमा कंगनाले यो पोस्ट लेखेर जवाफ दिएको उनका प्mयानहरुले चर्चा गरेका छन्। प्रकाश कोवेलामुडीको निर्देशनमा बनेको कंगनाको फिल्मको नाम मेन्टल हे क्या राखिएको थियो।

तर, मानसिक स्वास्थको बारेमा काम गर्ने केही संगठनको विरोधकाका कारण उक्त फिल्मको नाम जजमेन्टल हे क्या राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्