शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौँ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि पाटन अस्पताल भर्ना भएका पोखरेलको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । उनको सम्पर्कमा आएका सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस अघि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्