मौजदात कोषबाट स्थानीय तहलाई ११ करोड



न्युज अफ नेपाल, हेटौंडा ।

जिल्ला समन्वय समिति मकवानपुरले मौजदात कोषबाट जिल्लाका विभिन्न स्थानीय तहलाई करिब ११ करोड उपलब्ध गराएको छ ।

मौजदात कोष निर्देशिमा साबिक जिविसबाट प्रारम्भ भएर निर्माण कार्य अधुरो रहेका योजना, स्थानीय तहका प्रशासनिक भवन तथा मर्मतसम्भार, स्थानीय तहका वडा कार्यालय भवन, सामुदायिक विद्यालय भवन निर्माण, प्रसुति केन्द्र, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र भवन तथा खानेपानी सम्बन्धी पूर्वाधार निर्माण सम्बन्धी योजनामा रकम खर्च गर्न मिल्ने प्रावधान छ ।

चालु आर्थिक वर्षका लागि जिल्लासभाबाट पारित भएको रकमबाट जिससको बोर्ड बैठकले योजना सञ्चालनका लागि रकम उपलब्ध गराउने निर्णय गरेको हो । जिससले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि मौजदात कोषको रकम कार्यान्वयनका लागि पनि स्वीकृति प्रदान गरेको छ । जिसस मकवानपुर प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बोर्ड बैठकले जिल्लाका विभिन्न स्थानीय तहबाट माग भएअनुसार स्वीकृति प्रदान गरेको हो ।

जिसस बोर्ड बैठकले विभिन्न स्थानीय तहहरुबाट माग भएका आयोजना सञ्चालनका लागि उपलब्ध गराउने मौजदात कोष अनुदान स्वीकृत गरेको हो । तत्कालीन जिल्ला विकास समितिमा खर्च गरेर बाँकी रहेको रकमबाट मौजदात कोष सञ्चालन निर्देशिका, २०७५ बमोजिक स्थानीय तहको सिफारिसबमोजिम विभिन्न योजनाका लागि प्रक्रिया पूरा गरिएका योजना कार्यान्वयनका लागि रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख खुलालले बताउनुभयो ।

बैठकले प्रक्रिया पूरा गरेर आएकामध्ये कैलाश गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि २ करोड, मनहरी गाउँपालिकाका तीन वटा वडा कार्यालय भवन निर्माणका लागि एक करोड, भीमफेदी गाउ“पालिकाको प्रशासनिक भवन निर्माणका लागि १ करोड रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

हेटौंडा–७ को वडा कार्यालय भवन निर्माणका लागि लागतको ६० प्रतिशत र हेटौंडा–१८ को हर्नामाडी स्वास्थ्य चौकी निर्माणका लागि कार्यविधिले तोकेअनुसार रकम उपलब्ध गराउने निर्णय गरिएको खुलालले जानकारी दिनुभयो ।

बोर्ड बैठकले योजनाको लागत इष्टिमेट, नक्सा, जग्गा सम्बन्धी आबश्यक डकुमेन्टका आधारमा भवन निर्माणका लागि ६० प्रतिशत र खानेपानी आयोेजनाका लागि ७५ प्रतिशत तथा बा“की रकम स्थानीय तहले ब्यहोर्ने गरी सम्झौता गर्ने गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्