उत्तर कोरियाद्वारा विश्वकै सबैभन्दा ठुलो अन्तरमहाद्विपिय ब्यालिस्टिक क्षेप्यास्त्र प्रदर्शन



सोल (एजेन्सी) ।

उत्तर कोरियाले ७५ औं स्थापना दिवशको अवसरमा आयोजित परेड समारोहमा आफनो सबैभन्दा विनासकारी हतियारको झलक देखाएको छ । नेता किम जोंग उन सरिक भएको उक्त समारोहमा एलिट कमान्डो फोर्सको परेड मात्र नभइ सबैभन्दा आधुनिक तथा गोप्य इन्टरकन्टिनेन्टल ब्यालिस्टिक क्षेप्यास्त्र हावसांग १५ पनि प्रदर्शन गरेको थियो ।

अक्टोबर १० को राती आयोजित कार्यक्रममा रुसी अरमाटा जस्तो देखिने युद्ध मैदानमा प्रयोग हुने ट्यांकले पनि सबैको ध्यान तानेको छ । यसबीच किम जोंग उनले आफनो भाषणमा यदि कुनै देशले उत्तर कोरियालाई धम्की दिएमा आफनो परमाणु सक्ती पुर्ण रुपमा सक्रिय पार्ने चेतावनी दिए ।

लगातार क्षेप्यास्त्र विकासमा लागेका किमको सेनाले अन्तरमहाद्विपिय ब्यालिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) पनि प्रदर्शन गरे । यो आफनो स्तरको विश्वको सबैभन्दा ठुलो क्षेप्यास्त्र हो । यसलाई आसार्न २२ पांग्रे ट्रकको प्रयोग गरिएको थियो । यस परेडमा अरु पनि कयौं हतियारको झलक देखाइएको थियो । आईसीबीएमलाई ट्रान्सपोर्टर इरेक्टर लन्चरमा किम इल सुंग स्क्वायरमा किम जोंग उन समक्ष ल्याइएको थियो ।

यो विश्वको सबैभन्दा ठुलो रोड मोबाइल तरल इन्धन क्षेप्यास्त्र हुन सक्ने विज्ञहरुले बताएका छन् । नयाँ हतियारमा मल्टिपल रिइन्ट्री भेइकल क्षमता रहेको र जसको मद्दतबाट यसले अमेरिकी रक्षातन्त्रलाई निरर्थक सावित गर्न सक्ने विज्ञहरु बताउँछन् । अहिलेसम्म उत्तर कोरियासँग तरल इन्धन आधारित क्षेप्यास्त्र रहेको छ जसलाई तयार गर्नमा समया लाग्छ र त्यसलाई रेडी टु लन्चको अवस्थामा राख्न सकिँदैन । जबकी ठोष इन्धन क्षेप्यास्त्रलाई इन्धन भरेर प्रक्षेपणका लागि तयारी अवस्थामा राख्न सकिने हुन्छ । यसलाई डिटेक्ट गरी नस्ट पार्न पनि कठिन हुन्छ ।

किम जोंग उनले सैन्य प्रदर्शनका क्रममा सिधा अमेरिकाको आलोचना त गरेको छैन तर हतियार देखाएर परोक्ष रुपमा चेतावनी भने दिएको छ । उत्तर कोरियाली सत्तारुढ दलको ७५ औं बर्षगांठ यो पटक त्यसतो बेला पर्न आएको छ जुनबेला अमेरिकामा राष्ट्रपतिय चुनावका लागि ४ हप्ता भन्दा कममात्र समय बाँकी रहेको छ । यस घडिमा अमेरिकाको राष्ट्रपति जो भएपनि उसको लागि उत्तर कोरियासँगको सम्बन्ध समस्याका रुपमा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्