पहेँलो धातु देखाई ठगी गर्न खोज्ने २ पक्राउ



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

सुन जस्तो पहेँलो धातु देखाई ठगी गर्ने गिरोहका २ जना पक्राउ परेका छन् । आइतबार बिहान बिशेष सुराकीका आधारमा इलाका प्रहरी बाह्रबिसेबाट खटिएको टोलीले सुनकोसी गाउँपालिका ७ स्थित स्वाँराबाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका २ कर्थलीका भीमबहादुर भनिने उमेश तामाङ र अर्जुन तामाङ रहेका छन् । बिशेष सुराकीका आधारमा ठगी गर्ने गिरोहका उनीहरुलाई पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्र शाहले बताउनुभयो ।

प्रदेश ३–०२–००१ प–७४२४ नम्बरको २२० सीसीको पल्सर मोटरसाईकलसहित उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट ‘गोल्ड १ केजी’ लेखीएको पहेलो धातु समेत बरामद गरिएको छ ।

‘बाह्रबिसे आएपछि यो पहिलो एक्सन हो, आपराधिक गतिबिधि रोक्न बिशेष अभियान नै चलाउँनेछौं’, प्रहरी निरीक्षक शाहले भन्नुभयो । ईप्रका बाह्रबिसेमा प्रनि देवेन्द्र शाह हाजिर भएको दुईसाता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्