मन्त्री भट्टराईलाई कोरोना संक्रमण देखिएसँगै भारतीय राजदूत क्वात्रा सेल्फ आइसोलेसनमा



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा सेल्फ आइसोलेसनमा बसेका छन् ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईसँग भेटघाट गरेका क्वात्रा भट्टराईलाई संक्रमण पुष्टि भएपछि सेल्फ आइसोलेसनमा बसेका हुन् । भट्टराईलाई शनिबार संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्