१५ वर्षपछि सितेरियो कराँते संघमा नयाँ नेतृत्व, ‘सितेरियोको रफ्तार बढाउँछु’ : अध्यक्ष बैद्य



मोतीराम तिमल्सिना, काभ्रे । 

नेपाल सितेरियो कराँते संघ काभ्रेमा १५ वर्ष पछि नयाँ नेतृत्व सर्वम्वत निर्वाचित भएको छ । अध्यक्ष विजय सुन्दर सैँजुले नवनिर्वाचित अध्यक्ष प्रताप बैद्यलाई पद हस्तान्तरण गर्दै सितेरियो कराँते संघले विगतमा गरेको योगदानलाई स्मरण गर्न अनुरोध गर्नु भयो ।

नवनिर्वाचित अध्यक्ष प्रताप बैद्यले विगतको इतिहासलाई साक्षी राख्दै आगामी दिनमा कराँतेको क्षेत्रमा उल्लेख्य कार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । बागमती प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले जिल्लाका विभिन्न स्थानमा खेल क्षेत्रको विकासका लागि आवश्य पूर्वाधारको निर्माण, संरक्षण र खेलाडीहरुको उत्पादन तथ संरक्षणका लागि आवश्यक कार्यहरु भईरहेको र बागमती प्रदेश सरकारको तर्फबाट आवश्यक पहल गर्ने बताउनु भयो । संघका केन्द्रिय अध्यक्ष दावा गुरुङ्गले सितेरियो कराँतेको तर्फबाट नेपाल र नेपालीको पहिचान अन्र्तराष्ट्रिय स्तरसम्म पुगेको बताउनु भयो ।

नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले खेलाडीहरुको उत्पादन र ब्यवसायीकरण गरी नेपालको उद्योग क्षेत्रमा समेत खेलाडीहरुको योगदान रहनु पर्ने बताउनु भयो । कार्यक्रममा काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, जेसिजका पुर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष विकास मानन्धर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानविर लामा, काभ्रे पुण्यवती यातायात प्रालीका अध्यक्ष राजेशसुन्दर सैजु, राष्ट्रिय रेफ्रि संयोजक राजेन्द्र कपाली, जिल्ला सचिव गौतम मानन्धर, श्यामसुन्दर कुँवर लगायतले मन्तब्य राखेका थिए । नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन, बधाई तथा सम्मान कार्यक्रममा संघलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने अग्रज ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

तेश्रो अधिबेशनबाट प्रताप बैद्यको अध्यक्षतामा ३२ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ । समितिमा बरिष्ठ उपाध्यक्ष सुरेश कारञ्जित, उपाध्यक्षहरु कुवेर मानन्धर, प्रकाश श्रेष्ठ, नवराज मानन्धर, राजेशकुमार श्रेष्ठ, दिनेश श्रेष्ठ, विजेन्द्र प्रधान रहनु भएको छ ।

महासचिव श्यामसुन्दर कुँवर, सचिव गौतम मानन्धर, कोषाध्यक्ष सञ्जय सुन्दर सैजु, सह सचिव कविरकुमार रञ्जितकार, सह कोषाध्यष्ँ रामसुन्दर कुँवर रहनु भएको छ । सदस्यहरुमा दिपक पण्डित क्षेत्री, गणेश दनुवार, रणबहादुर तामाङ, सुर्यलाल श्रेष्ठ, राजन मानन्धर, बलराम मानन्धर, रामेश्वरी मानन्धर, सुरज केसी, विजय श्रेष्ठ, देव लामा, सञ्जय लामा, राजेन्द्र आचार्य, तेजनारायण पसक्षे, सुजन सुवाल, श्याम श्रेष्ठ(बुडोल), श्याम श्रेष्ठ(पनौती), श्याम मानन्धर, इश्वर नापित र सुरेश अमात्य रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्