कोरोना संक्रमण फैलिनुको कारण ह्वाइट हाउस भेलाः डा. फसी



वासिङ्टन, (एजेन्सी)
अमेरिकाका वरिष्ठ भाइरस विशेषज्ञ डा. एन्थोनी फसीले गत महिना राष्ट्रपति भवन ह्वाइट हाउसमा आयोजना गरिएको भेटघाट कार्यक्रमको आलोचना गरेका छन्। सो घटनालाई कोभिड–१९ फैलिनुस“ग जोडेर हेरिएको छ। ह्वाइट हाउसको कोरोना भाइरस कार्यदलका सदस्यसमेत रहेका फसीले राष्ट्रपति ट्रम्पको आफ्नो न्यायिक उम्मेदवार घोषणा गर्न आयोजित जमघट नै कोरोना संक्रमण तीव्र हुनुको प्रमुख कारण भएको दाबी गरेका छन्। त्यसपछि ह्वाइट हाउसका दर्जनौं कर्मचारीलगायत अन्य थुप्रै कोरोना संक्रमणको शिकार भएका थिए।
राष्ट्रपति ट्रम्पको उपचारमा खटेका चिकित्सकले उनलाई आफू पूर्णरूपमा कोभिड–१९ बाट निको भइसकेकपछि मात्र सार्वजनिक कार्यक्रम आयोजना गर्न सल्लाह दिएका छन्। तीन रात सैनिक अस्पतालको बसाइपछि सोमबार डिस्चार्ज भएका ट्रम्पलाई शुक्रबार सा“झ फक्स न्युजले एक अन्तर्वार्ताको क्रममा उनले अनुभव गरेका लक्षणबारे सोधेको थियो।
जवाफमा उनले आफूले कमजोर महसुस गरेको तर आफूलाई सास फेर्न कुनै कठिनाइ नभएको बताएका थिए। कोरोना भाइरस पुनः परीक्षण गरिएकोबारे सोधिएको प्रश्नको जवाफमा भने उनले आफूमा यसको प्रभाव निकै कम भएको वा मुक्त भएको हुनुपर्ने बताएका छन्। तर, उनले परीक्षण नेगेटिभ आएको भने जानकारी दिएको थिएन। ट्रम्पले शनिबार ह्वाइट हाउसमा व्यक्तिगत भेटघाट गर्ने सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्