डब्ल्यूएचओलाई नोबेल शान्ति पुरस्कार नदिएकोमा गुनासो



बेइजिङ, (एजेन्सी)
कोरोना भाइरस महामारी संकटको बीचमा योस“ग लड्न विश्वव्यापी अभियानमा लागेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई यस वर्षको नोबेल शान्ति पुरस्कार नदिएकोमा चिनिया“ सञ्चार माध्यमले कडा आलोचना गरेको छ।
चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका सम्पादक हु सिजिनले नोबेल शान्ति पुरस्कार बेकार भइसकेको र त्यसलाई बन्द गर्नुपर्ने टिप्पणी गरेका छन्।
सिजिनले लेखेका छन्– ‘नोबेल कमिटीभित्र विश्व स्वास्थ्य संगठनलाई पुरस्कार प्रदान गर्ने त्यति पनि साहस छैन, किनभने यसले अमेरिका रुस्ट हुनेछ। नोबेल पुरस्कार धेरै पहिला नै रद्द गर्नुपथ्र्यो। यो पश्चिमी र अमेरिकाका ठुल्ठूला व्यक्तिको दलाली गर्नेबाहेक अरू केही गर्दैन र कैयौंपटक बनावटी सन्तुलन बनाउने प्रयास गर्ने मात्रै हो।ँ
सन् २०२० को नोबेल शान्ति पुरस्कारबाट विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीलाई सम्मानित गरिएको छ। शुक्रबार ओस्लोमा नोबेल समितिका अध्यक्ष बेरिट रेइस एन्डरसनले पुरस्कार विजेताको घोषणा गरेका हुन्।
कोरोना भाइरसको कहरस“ग लडिरहेको अमेरिकालगायत केही देशले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई आफ्नो निसाना बनाइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओलाई चीनमुखी भएको आरोप लगाएको थियो। महामारीमा डब्ल्यूएचओको भूमिकालाई लिएर असन्तुष्ट बनेका ट्रम्पले उक्त विश्व संस्थालाई दि“दै आइरहेको कोष नै रोकेका छन्। साथै, अमेरिका डब्ल्यूएचओबाट बाहिरिएको समेत घोषणा गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्