उपासना ब्राण्ड एम्बेस्डर



नायिका उपासना सिंह ठकुरी ब्राण्ड एम्बेस्डर भएकी छिन्। ठकुरीलाई लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय एजुकेसन एण्ड माइग्रेसन कर्नरले ब्राण्ड एम्बेस्डर बनाएको हो।
शिक्षासँगै अन्य क्षेत्रमा पनि आप्mनो उपस्थिति जनाउंदै आइरहेको एजुकेसन एण्ड माइग्रेसन कर्नर अष्ट्रेलियालगायतका मुलुकमा गएर उच्च शिक्षा प्राप्त गर्न चाहने नेपाली बिद्यार्थीको मन जित्दै आइरहेको छ। कर्नरका प्रमुख सुनिल उप्रेतीले अब नेपाली फिल्म र गीत संगीत क्षेत्रमा पनि आप्mनो सस्थाले आबद्दता बढाउंदै लैजाने जानकारी गराएका छन्।
कर्नर र उपासनाबीच हालै सम्झौता पत्रमा हस्ताक्षर भएको छ। उपासना ब्राण्ड एम्बेस्डरको रूपमा एक बर्षका लागि अनुबन्धित भएकी हुन्। ‘अष्ट्रेलियामा उच्चशिक्षा अध्यन गर्न चाहने नेपाली बिद्यार्थीको मन जितेको सस्थासँग जोडीन पाएकोमा खुशी लागेको छ”’ उपासनाले भनिन्। क्याप्टेन र कबड्डी कबड्डी कबड्डीमार्फत वाहवाही कमाएकी ठकुरीले कर्नरले आयोजना गरेका बिभिन्न कार्यक्रममा सहभागिता जनाउंने छिन्।

प्रतिक्रिया दिनुहोस्