ट्यांकर विस्फोटमा चारजनाको मृत्यु



बेरुत, (एजेन्सी)
लेबनानको राजधानी बेरुतको घनाबस्तीमा शुक्रबार इन्धन बोकेको एउटा ट्यांकर विस्फोट हु“दा कम्तीमा चारजना मानिसको ज्यान जानुका साथै अन्य २० जना घाइते भएको प्रहरीले जनाएको छ। तारिक अल दिदे जिल्लामा ट्यांकरमा अचानक आगलागी भएपछि विस्फोट भएको हो।
आगलागीको कारण भने अझै स्पष्ट भइसकेको छैन। टेलिभिजनमा प्रसारित फुटेजमा सा“घुरो गल्ली भएको सो क्षेत्रमा आगोका लप्का भवनमाथि गइरहेको देखिन्छ। उद्धारकार्य समाचार तयार नहुञ्जेल पनि निरन्तर जारी रहेको थियो।
गत अगस्टमा मात्र लेबनानका बन्दरगाह क्षेत्रमा भएको एक शक्तिशाली विस्फोटमा २ सय ३ जनाको ज्यान गएको घटना मानिसको मानसपटलमा ताजै रहेकाले यो विस्फोट हु“दा शहरमा ठूलो सन्त्रास फैलिएको थियो। कोरोना भाइरस महामारीका कारण आर्थिक संकट बढिरहेका बेला यो विस्फोट भएको हो। अग्नि नियन्त्रकले भ¥याङ प्रयोग गरेर आगलागी भएको क्षेत्रका अपार्टमेन्टमा फसेका मानिसलाई बार्दलीबाट उद्धार गरेका थिए।

लललललललल

 

प्रतिक्रिया दिनुहोस्