डा केसीका माग वार्ता मार्फत् टुङ्ग्याउन राप्रपा अध्यक्ष राणाको सरकारलाई आग्रह



न्युज अफ नेपाल,काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न, सार्थक छलफल गरी वार्ता टुङ्ग्याउन सरकारलाई आह्वान गरेका छन् । ‘डा. गोविन्द केसीको स्वास्थ्य स्थिति निकै चिन्ताजनक छ,’ भन्दै अध्यक्ष राणाले सरकारले नागरिकको जीवनमाथि खेलबाड नगरी गंभीर बन्नु पर्ने बताए ।

शनिबार ट्वीट गर्दै उनले भने, ‘अवस्थाको गाम्भीर्यता र संवदेनशीलता मध्यनजर गरेर सरकारलाई अविलम्ब सार्थक छलफल गरी वार्ता टुङ्ग्याउन आह्वान गर्दछु । डा. केसीको जीवन रक्षा गर्न सरकारको गंभीर ध्यानाकर्षण गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्