अमेरिकी राष्ट्रपति चुनावको दोस्रो भर्चुअल बहस रद्द



वासिंगटन(एजेन्सी)

अमेरिकामा राष्ट्रपति चुनाव पुर्व अक्टोबर १५ मा हुने भनिएको दास्रो राष्ट्रपतिय बहस रद्द गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जोय् बाइडेनबीच हुने भनिएको भर्चुयल डिबेट कमिसन अन प्रसिडेन्सियल डिबेट्सले रद्द गर्ने फैसला गरेको सन्चार माध्यमले जनाएको छ ।

कमिसन अन प्रेसिडेन्सियल डिबेट्सले अक्टोबर १५ मा मायामीमा प्रस्तावित राष्ट्रपतिय बहस भर्चुअल ओयोजनाको घोषणा गरेको थियो । सीपीडीले दास्रो राष्ट्रपतिय वादविवाद टाउन मिटिंग्स अन्तर्गत गराउने जसमा उम्मेदवारले कुनै पनि स्थानबाट हिस्सा लिने बताएको थियो । तर डोनाल्ड ट्रम्पले भर्चुअल राष्ट्रपतिय बहसमा भाग नलिने घोषणा गरेको थियो ।

ट्रम्पले भर्चुअल डिबेटमा आफनो समय बर्बाद नगर्ने बताएका थिए । दोस्रो बादविवादमा आफुले बाइडेनलाई हराउने ट्रम्पले बताएका थिए । बहस रद्द गरिएको विषयमा बाइडेनले कमिसनका तर्फबाट आएको सल्लाह आफुले मान्ने प्रतिक्रिया दिएका थिए । अमेरिकामा नोभेम्वर ३ मा चुनाव हुँदैछ ।

पहिलो राष्ट्रपतिय बहसमा भाग लिएपछि ट्रम्प कोरोना भाइरस संक्रमित पाइएको थियो । कोरोना पोजिटिवका बावजुद उनको लापरवाही ब्यवहारलाई लिएर धेरै विवाद उठेको थियो । ट्रम्प करिब ४ दिन अस्पतालमा बसेका थिए, त्यसपछि उनलाई ह्वाइट हाउसमा सिफ्ट गरिएको थियो । दास्रो बहस रद्द भएकोले अबको तेस्रो बहस अक्टोबर २२ मा आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्