सडक स्वच्छ राख्न डिभाइडर महत्वपूर्ण हुने



न्युज अफ नेपाल,बुटवल ।

इनरव्हील क्लब अफ बुटवललेसुनौली–पाल्पा सडक अन्तरर्गत बुटवल उपमहानगरपालिका भित्र निमार्ण गरेको डिभाइडरको एक कार्यक्रमका वीच शनिवार उद्घघाटन गरिएको छ । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आर्चायले नगरको सुन्दरताका लागि सडक स्वच्छ राख्ने काममा नवनिर्मित डिभाइडरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।

उहांले बुटवलको विकासको लागि सबैको हातेमालोे आवश्यक रहेको उल्लेख गर्दै नगर सभाले तय गरेको गुरुयोजनालाई कार्यान्वयन गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नु भयो ।सो अवसरमा बोल्दै लुम्विनी प्रदेश ट्राफिक कार्यालयका प्रमुख डम्बर विकले डिभाइडरको निमार्णले ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने बताउदै त्यसको संरक्षणमा आफु र आफनो कार्यालय लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

इनरव्हील क्लबकी सन २०१९–२० कि डिष्ट्रीक चेयर समिरा ध्वजुले महिलाहरुलाई जिम्मेवार बनाउदै समाजसंग जोडेर अगाडी बढाउन क्लबले खेलेको भूमिकाको प्रसंसा गर्दै महिला दिदीवहिनीहरुको काममा समाजले हातेमालो गर्न आग्रह गर्नु भयो ।

क्लबकी अध्यक्ष शोभा जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सम्झना ज्ञवालीको सञ्चालन तथा संस्थापक अध्यक्ष बसुधरा कसजूको स्वागतमा भएको कार्यक्रममा रोटरी क्लब अफ बुटवलका पूर्व अध्यक्ष आमोद श्रेष्ठ, डिभाइडर निमार्ण गर्न आर्थिक सहयोग गर्ने बैक अफ काठमाडौंका क्षेत्रीय प्रवन्धक चिरञ्जिवी विष्ट, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, क्लबकी पूर्व अध्यक्ष भारती जोशी लगायत बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्