श्रीमतीको हत्या गर्ने श्रीमान र सरकारी छाप दस्तखत किर्तेका फरार २ जना पक्राउ



यमलाल भुसाल,बुटवल ।

श्रीमतीलाई हत्या गरि फरार रहेको श्रीमानलाई कपिलवस्तु प्रहरीले २६ दिन पछि पक्राउ गरेको छ ।गत भदौ २८ गते दिउसो साढे २ बजेको समयमा जिल्ला कपिलबस्तु बिजयनगर गाउपालिका ५ नौरंगिया बस्ने अर्जुन यादवले कान्छी श्रीमती बर्ष २७ कि श्रृजना घर्ति यादवको हत्या गरि चिरही खोलाको छेउमा हरियो स्याउलाले छोपेको अबस्थामा मृत लाश फेला परेको थियो ।

घटनाको सम्बन्धमा मृतकका बुवा तुम बहादुर घर्तीले आफनै ज्वाई अर्जुन यादवले घर परिवारको मिलेमतोमा श्रृजनालाई हत्या गरेको र सवलाई खाल्डोमा लुकाएको भनी ईलाका प्रहरी कार्यालय गणेशपुरमा किटानी जाहेरी दिनु भएको थियो ।श्रीमतीको हतया गरि फरार रहेको अर्जुनलाई प्रहरीले खोजी गरिरहेकोेमा यही असोज २३ गते शुक्रवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा प्रहरी नाउव उपरिक्षक धर्म भण्डारीले बताउनु भयो ।

ईप्रका गणेशपुरबाट खटिएको प्रहरी टोलिले खोजतलासको क्रममा कृष्णनगर नगरपालिका १० सोनहवा बाट निज प्रतिवादी अर्जुनलाई पक्राउ गरी जिल्ला अदालत कपिलबस्तु बाट म्याद थप गराई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।यसै बीच सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार बर्ष ३० को अशोक चाई भन्ने राम अशोक चाईलाई पनि प्रहरीले पक्राउ गरिअदालतमा बुझाएको छ ।

२०७४ साल चैत ९गते मनोज गुप्ताको जाहेरीले जिल्ला कपिलबस्तु यसोधरा गा.पा.वडा नं.४ हथिहवा बस्ने असोक चाई भन्ने राम असोक चाई समेत प्रतिबादी भएको सरकारी छाप दस्तखत किर्ते मुद्धामा कपिलबस्तु जिल्ला अदालत मिति २०७६ जेठ २२ गतेको फैसला सुनाएको थियो । अदालतको फैसला अनुसार नीज चाई ३ बर्ष ६ महिना कैद र तिन लाख जरिवाना सजाय ठहरेको थियो ।

फरार चाईलाई शुक्रवार पक्राउ गरि कपिलबस्तु जिल्ला अदालतमा पेश गरी कारागार चलान गरिए प्रनाउ भण्डारीले बताउनु भयोे ।

प्रतिक्रिया दिनुहोस्