एक ट्वीटको कारण वृद्ध दम्पतीको भाग्य चम्कियो



नयाँदिल्ली,(एजेन्सी)

एउटा ट्विट भाइरल हुनासाथ भारतको राजधानी दिल्ली स्थित एउटा संघर्षरत फुड स्टलको अचानक भाग्य खुलेको छ । साथै सोही ट्विटका कारण यस स्टलले भारतको अत्यन्तै चर्चित फुड डेलभरी एप जोमातोमा स्थान पाउन पनि सफल भएको छ ।असी वर्षका वृद्ध कान्ता प्रसाद र उनकी पत्नी बदामी देवीले चलाउँदै आएको यस स्टलमा अहिले गहक ओइरिएका छन् ।

कोरोना भाइरस महामारीको कारण व्यापार पूर्ण रुपमा सुकेपछि कान्त प्रसादले रोएर आफ्नो समस्या पोखेको भिडियो भाइरसल भएपछिको यो सकारात्मक परिणाम हो । अहिले यि वृद्ध दम्पती लोकल सेलेव्रिटी बनेका छन् । भारतमा फुटपाठमा ठेलामा बेचिने खाना अर्थात स्ट्रिट फुड निकै लोकप्रिय छन् ।तर महामारीको कारण यस्तो व्यापार ठप्पै हुन पुगेको हो ।

सन् १९९० देखि नै दक्षिणी दिललीको माल्भिया नगरमा तिनीहरुले ‘ बाबाका ढावा ’ नामक यो पसल संचालन गर्दै आएका थिए । त्यहाँ ताजा घरेलु परिकार मख्खन राखिएका पराठा, तरकारी , भात र दाल पाइन्छ । त्यति सबै खाँदा ग्राहकले पचास भारु प्नि तिर्नु पर्दैन् । उनले हालै फुड ब्लगरलाई रुँदै आफुले पकाएका खाना देखाउँदै अन्तर्वार्ता दिने क्रममा भनेका छन् , ‘ यो पसल चलाएर जेततेन गुजरा चलाउँद ैथियौं । अहिले सम्म यहि दस रुपैंयाको व्यापार भयो । शुरु शुरुमा नबिकेका खाना लगेर घरमा खान्थ्यौं । अब त आफ्नै आहार जुटाउन पनि कठिन भयो । ’

ब्लगर गौरव वासानले त्यस भिडियो फुटेज बुधवार इन्स्टाग्राममा हालेको थिए । तत्कालै यसले चर्चा पायो । हेर्दाहेर्दै यो टिव्टरमा पुग्यो । एक भद« महिलाले वेद्ध दम्पतीको हालत देखेर साह« चित्त दुखयो भन्दै त्यो क्लि सेयर गरिन् । उनले दिल्लीका वासिन्दालाई बाबाका ढावामा गएर खाइदिन पनि आग्हर गरेकी थिइन् । त्यस टिवटमाथि सेलेबिैटीहरुको आँखा प¥यो । वलिवुड स्टार , क्रिक्रेटर देखि सर्वसाधारणले त्यसलाई ध्यानपुर्वक हेरे ।

अहिले सम्म यसलाइृ चालिस लाख भन्दा बढि व्यक्तिले हेरिसकेका छन् । विहिवार राति जामोतोले पनि बाबाका ढावा आफ्नो एपमा राखेको टिव्ट ग¥यो । जोमातोले मानिसहरुलाई अन्य संघर्षरट फुड स्टललाई पनि मद्धत गर्न आब्हान गरेको छ । भिडियोमा प्रसादले भनेका छन्, ‘ म र मेरी पत्नी बिहान साढे छ देखि बेलुकाको साढे नौ बजेसम्म खाना बनाउँछौं । पहिाला श्रमिक तथा अफिस जाने थुप्रै ग्राहक आउँथे ।

महामारीका कारण मेरा गहक पनि घरमा बस्न बाध्य भए । ’ अहिले उनको स्टल सामु गहको भिड छ । केहि त्यहाा सेल्फिी खिच्न पनि व्यस्त रहेका देखिन्छन् । अभिनेत्री सोनम कपुर र क्रिक्रेटर आर अश्विनलले नलाई मद्धत गर्ने घोषणा गरिसकेका छन् । उनको स्टल मर्मतका लागि २ हजार सात सय अमेरिकी डलर संकलन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्