मेक्सिकोमा ४ फिट अग्लो मुसा भेटिएपछि भागदौड मच्चियो



एजेन्सी ।

मेक्सिकोमा ४ फिट अग्लो मुसा भेटिएपछि मानिसहरुमा भागदौड मच्चिएको छ । गत शुक्रबारको भारी वर्षापछि मेकिसको सिटिको एक नालीमा निकै डरलाग्दो मुसा भेटिएको थियो । नाली सफा गर्दै गरेका कामदारहरूले नालामा डुबेको एक ठूलो मुसो देखे ।

पहिलो पटक मसा देख्दा डराएका कामदमरहरुले नजिकै गएर त्यसलाई बाहिर निकाल्ने प्रयास गरे । जसमा कामदारहरुले पत्ता लगाए कि त्यो मुसो वास्तवमा नक्कली थियो जुन हेलोवीन प्रोपमा प्रयोग भएको थियो । इभेलिन लोपेज नाम गरेकी एउटी महिलाले उक्त मुसो आफ्नो भएको दावी गर्दे वर्षौं पहिले आएको आँधीबेहरीमा हराएको बताइन् । उनले भनिन्, नालाहरुमा खोजीका लागि सहयोग मागेका थिए तर कुनै काम भएन ।

नालामा फेला परेको मुसा यति वास्तविक देखिन्थ्यो कि पहिलो पटक मानिसहरूले देख्दा भागदौड समेत मच्चिएको थियो । न्यु योर्क पोष्टका अनुसार केही सामाजिक मिडिया प्रयोगकर्ताहरूले यस वर्षको हेलोवीनको लागि पुनस् पूयोग गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्