जीप दुर्घटना : मृतकका आफन्तले प्रशासन समक्ष बुझे शब



बासुदेव शमा,जाजरकोट ।

जाजरकोट जुनीचाँदे गाउँपालिका १ औलभीरमा गत वुधवार जिप दुर्घटनामा परि मृत्यु भएका मृतकका आफन्तले सव वुझन नमानेपछि स्थायिन प्रशासनसगको सहमति पछि पिडित परिवारले सव बुझेका छन् । घटना भएको दुई दिन सम्म आफन्तले मृतकको सव बुझन इन्कार गर्दै आएका आफन्तले विहिवार स्थानिय प्रशासनसगको सहमति भएपछि सव बुझेका हुन् ।

पिडित परिवार सहितको उच्च स्तरिय छानविन समिति गठन, उचित क्षतिपुर्तिको व्यसस्था,दोषिलाई कार्बाहि गर्ने पिडित परिवार र स्थानिय प्रशासन विच सहमति भएपछि पिडित परिवारको आन्दोलन स्थगित गरेर घटना स्थलमै पोष्टमार्टम गर्ने व्यवस्था मिलाएपछि शुक्रवार मृतकका आफन्तले दाहसंस्कार गर्ने भएका छ ।

पिडित परिवारले स्थानिय प्रशासन समक्ष आफना माग राखेर सव बुझने माग गरेपछि प्रमुख जिल्ला अधिकारी चेतराज बराल, जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर कुमार श्रेष्ठ लगाएतको सुरक्षा अधिकारीहरु घटना स्थल पुगेर पिडित परिवारका माग तत्काल सम्वोधन गर्ने प्रतिवद्धता जनाएपछि परिवारले सव बुझन सहमत भएका थिए ।

चालकको लापर्वाही गुणस्तरहिन सडक भएकोले आक्रोशित भएका मृतकका आफन्त र स्थानियले जिप दुर्घटनामा मृत्यु भएका वडा अध्यक्ष सहित सात जनाको सव आफन्तले बुझन नमानेपछि पिडित परिवार र स्थानयि आन्दोलनमा उत्रिएका थिए ।
जिप चालक गोरख बस्नेतको जुनीचाँदे गाउँपालिका ५ मटेला घर र छेडागाड नगरपालिका ६ सुवानाउनीमा रहेको घुम्ती पसलमा पिडित परिवारका आफन्त र स्थानियले आगजनी गरेका थिए ।

ईलाका प्रहरी कार्यालय बडावन र ईलाका प्रहरी कार्यालय पंन्चालाबाट गएको प्रहरीले स्थानिय र आफन्तको आक्रोश रोक्न नसकेपछि जाजरकोट सदरमुकाम खलंगाबाट शसस्त्र प्रहरी र नेपाल प्रहरीको थप टोली घटना स्थल तर्फ पठाएको थियो ।

जाजरकोट सदरमुकाम खलंगाबाट जुनीचाँदे गाउँपालिका पराले तर्फ जादै गरेको भे १ ज ९३५ नम्वरको जिप जुनीचाँदे १ को औलभीरमा वुधवार दिउसो दुर्घटना भएर ७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परि वडा नम्वर ११ का वडाअध्यक्ष अमर बहादुर शाही, कृति बहादुर शाही लाल बहादुर वुढा सोहि वडाका स्वास्थ्यकर्मी खेमराज शाही, छेडागाड नगरपालिका ५ का कर्ण बहादुर शाही, जुनीचाँदे ५ गर्खाकोटका स्वास्थ्यकर्मी कृष्ण बहादुर शाही र सोहि वडाकी मालिका वस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जुनीचाँदे ११ का शिक्षक नर बहादुर वुढा गम्भीर घाईते भएका हुन । उपचारको लागी सुर्खेत पठाएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागी कोहलपुर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्