नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई प्रदान



ओस्लो (एजेन्सी)

यो बर्षको नोबेल शान्ति पुरस्कार २०२० विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)लाई प्रदान गर्ने घोषणा गरिएको छ । यो विश्व संगठन सन् १९६१ देखि विश्वभरी भोक विरुद्धको लडाई लडिरहेको छ । राष्ट्र संघ अन्तर्गतको यो संस्थाले खाद्य सुरक्षाका माध्यमबाट देशहरुको आवादीलाई आधारभुत बल प्रदान गर्न सुनिश्चित गर्दै आइरहेको छ ।

नोबेल पुरस्कारमा पनि विशेष प्रतिष्ठित यो शान्ति पुरस्कारको दौडमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र वातावरण अभियन्ता गे्रटा थनबर्ग लगायत ३ सय भन्दा बढी नाम समावेश थियो । नोबेल पुरस्कार समितिले पुरस्कारको घोषणा गर्दै विश्व स्वास्थ्य कार्यक्रमले भोक विरुद्ध जसरी ठुलो युद्ध लडिरहेको छ, त्यसका लागि यो संस्था हकदार भएको बताए ।

समितिले संघर्षबाट प्रभावित क्षेत्रमा शान्ति तथा युद्धको हतियारका रुपमा भोकको उपयोग रोक्न गरिएका प्रयासका लागि डब्ल्युएफपीको सराहना गरेको छ । विश्व स्वास्थ्य कार्यक्रम विश्वको सबैभन्दा ठुलो मानविय संगठन हो जसले भोक विरुद्ध युद्ध लडिरहेको छ र खाद्य सुरक्षालाई प्रोत्साहन गर्छ । सन् २०१९ मा डब्ल्युएफपीले ८८ देशमा करिब १० करोड नागरिकलाई सहायता प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्