आईसीयुमा ‘बन्धक’लाई वडा अध्यक्षको सहयोग



रोशन पराजुली,हेटौंडा ।

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–९ बस्ने ४३ वर्षका राजु थिङ चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको रकम बुझाउन नसक्दा आईसीयुमा नै ‘वन्धक’ मा परेपछि वडा अध्यक्ष प्रकाश पुडासैनीसहितले सहयोग गर्नुभएको छ ।

वडा सदस्य, वडा सचिव र कर्मचारीबाट १४ हजार संकलन गरी शुक्रबार हस्तान्तरण गरिएको हो । होटलमा काम गरेर बन्दाबन्दीका कारण घरमै रहेका उनी लडेपछि उपचारका लागि चितवन लगिएको थियो ।

हेटौंडाको होटलमा काम गर्दै आएका उनी लकडाउनका कारण होटल बन्द भएपछि गाउँमै माछा मार्ने क्रममा लडेर घाइते भएका थिए । सामान्य औषधि उपचारपछि ठीक देखिएका उनी भदौ अन्तिममा अचानक बेहोस भएपछि उपचारका लागि हेटौंडाका अस्पतालमा देखाउँदा सम्भव नभएपछि चितवन मेडिकल कलेज पु¥याइएको परिवारले बताएको छ । औषधि र उपचार खर्च गरी करिब ३ लाख बढी अस्पताल र फार्मेसीलाई तिर्न नसक्दा उनी निको भएर पनि अस्पतालमै बस्न बाध्य भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्