ठेकेदारको लापरवाहिले जयपृथ्वी राजमार्गमा जोखिम पुर्ण यात्रा



ललित सिंह, बझाङ  ।

बझाङ्गको एक मात्र जयपृथ्बी राजमार्गको र्ममत तथा निमार्ण कार्य नहुदा सडक भरि खाल्डा खुल्डी भएकाले सडक दुर्घटना हुने सम्भावना बढेको छ ।भने यात्रुहरुले जोखिम पुर्ण यात्रागर्ने बाध्य भएका छन ।

सडक निमार्ण र मर्मतको जिम्मेवारी पाएको डिभिजन सडक कार्यालय बैतडिको लाप्रवाहिका कारण बझाङ्गको एक मात्र सडक जयपृथ्बी राजमार्गमाको १ सय ८ किलोमिटर सडक खण्डमा सडक भरि खाल्डा खुल्डी भएकाले सडक दुर्घटना हुने सम्भावना बढेको छ ।भने यात्रुहरुले यात्रा गर्दा निकै जोखिम पुर्ण यात्रा गर्ने बाध्य भएका हुन ।

सडक मर्मतमा कसैले चाँसो दिएकै छैन । सडक भरि पानीका पोखरी भएका छन गर्मी छलन ठाउँ ठाउँमा सडकमै भैसि बस्ने आहाल भएका छन गाडि गुडाउदा निकै जोखिम छ कति खेर कहाँनेर गाडि चिप्लन्छ भन्ने डरले सताई रहन्छन बर्षा पछि सामान्य मर्मत पनि सडक नगरिएकाले यात्रा निकै जोखि पुर्ण भएको जिपहरुको भनाई छ ।

बागथाला देखि सिमखेत सम्मको अबस्थालाई हेर्न हो भने पिच गरेको सडक होकी ग्रामीण नयाँ सडक छुट्टयाउन सकिदैन । राजमार्गको पथुडा मोडा ,जाले मोड, सुबेडाको तुफान डाँडा मोड,मालुमेला खोचा, भाँडेमोडमा यात्रुलाई गाडि बाट झारेर यात्रा गर्न अबस्था छ । अब दशै आई रहेको छ यात्रुहरुको भिड संगै सडकमा गुडने साना ठुला गाडि पनि बढने हुन्छन ।

राजर्माग माथि मापदण्ड बिपरित ग्रामिण सडक कटान गरेका छन । यात्रा गर्दा माथि बाट ढुङ्गा खस्ने होकी सडको खाल्डोमा गाडि चिप्लीन छकी भन्ने डरले यात्रा नसकुन्जेल चिन्ताले सताई रहन्छ । सडक माथि बाट आएका ढुङ्ग सडकमा छप्रट छन ।। दैनिक सयौ गाडि सडकमा गुडने गरेका छन कतिले सडक दुर्घटना भएर अकालमै ज्यान गुमाएका छन सडक मर्मतमा कसैले चाँसो नदिएको पत्रकार प्रदिप मलासीले बताए ।

उनले भने करिव ९० करोड लगानिमा तिन बर्ष अघि लुम्बीनी बर्दश्र जेपी र याङ्गथुड जेपिले सडक पिचकोगरेका थिए । काम सके लगतै सडको दुरदशा भएको छ ।सडक अहिले भैसिको गर्मी छलने आहाल, खेतमा सिचाई गर्ने नहरको रुपमा गाउँलले प्रयोग गरेका छन । सडकका कर्मचारी, प्रमुख जिल्ला अधिरी र सभासदहरु यसै सडकमा जिल्ला भित्र र बाहिर गर्ने भए पनि सडमा कसैको ध्यान पुगेको छैन ।

घर छेउमै जयपृथ्बी राजर्माग छ । बर्खायामा माथि बाट आएका ढुङ्गले, बनाएका खाल्डा खोलामा बढेको पानीले बनाएका खाल्डा छरपट छन गाडि गुडदा कति खेर पल्टीन्छ झै हुन्छन ।सडका कर्मचारीले फुटेको आँखाले पनि सडक निमार्णमा ध्यान दिएको छैन मर्मतको लागी आएको रकम कागत मिलाए र खाने गरेको हुन सक्ने नागरिक समाजका अगुवा धर्मजंग बादुर सिंहले बताए ।

उनले भने सबै पैसाको पछाडि छन् बिकासमा कसैले चाँसो दिएको छैन । स्थानिय प्रशासन माननिय अन्य जनप्रतिनिधिले पनि सडक देखेकै छन । ठेक्दार सडक डिभिडनका कर्मचारीलाइ काम गराउनुको साँट्टो कमीसन माग्ने गरेको खबर छ । बझाङ्गको सडको काम गर्ने बैतडिमा कार्यालय राखीएको छ । प्रदेश सघं गरि जिल्लामा ७ जना सभासद रहेका छन ।

सडकको दुरदशा डर लाग्दो छ यस बारे खासै कसैले चाँसो दिएको देखिदैन । दशै पनि आयो बर्खा पनि सकियो चाँडो सडक मर्मत गर भएका खाल्डा खुल्डी पुर भत्केका वालहरु निमार्ण गर भनेर ठेक्दार र सडक डिभिजन कार्यालय बैतडिका प्रमुखलाई फोन गरेर खबर गरेको छ आज सम्म कसैले पनि चाँसो नदिएको सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर सार्कीले बताए ।

उनले भने सिडियो साप कामको सिलसिलामा बाहिर छन उनी आए लगतै अब पत्र लेख्छु । किन सडक मर्मत नभएको हो । बझाङ्गमा कार्यालय छैन बैतडिले हर्ने रहेछ बैतडिले ध्यान दिएको छैन ।

खोपडे देखि बागथला सम्म ग्वालेक निमार्ण सेवा र बागथला देखि चैनपुर सम्मको जलजला निमार्ण सेवाले मर्मत सम्भारको काम पाएको छ अहिले सम्म मर्मतको काम सुरु गरेको छैन । ठेक्दारले दशै मनाए पछि मात्र काम सुरु गर्ने खबर पठाएको सडक डिभिजन कार्यालय बैतडिका ईन्जिनियर र्बक बहादुर कठायतले बताए ।

उनले भने यात्रुलाई सास्ती छ ठेकदारलाई मस्ती छ कर्मचारी बिचमा दोहोरो मारमा छन । अहिले पहुँचबालाले जे गरे पनि हुन्छ । पछि समयमा काम नसके म्याद थप माग्छ समयमै काम गदेनन् ठेक्दार ।

प्रतिक्रिया दिनुहोस्