बारएसोसियन मकवानपुरमा चुनावी रन्को, काँग्रेस निकट वकिलद्वारा निर्वाचन बहिस्कार



कृष्णउदास खनाल, हेटौंडा ।

कानुन ब्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएनको निर्वाचनको रौनक मकवानपुरमा बढेको छ यद्यपी निर्वाचन एक पक्षीय हुने संभावना बढेको छ ।

बिद्यान अनुसार शनिवार असोज २४ गतेका लागि तय गरिएको बारएसोसिएन मकवानपुर इकाई र उच्च अदालत हेटौंडा इजलास पाटन इकाईका लागि निर्वाचनको मिति तय गरिएको हो । प्रत्येक दुई बर्षमा हुनुपर्ने निर्वाचन कोरोना महामारीका कारण केही ढिला गरी सम्पन्न गर्न लागिएको हो । तर, नेपाली काँग्रेस निकटका कानुन ब्यवसायीहरुले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरी आफूहरु बारको निर्वाचनमा सहभागी नहुने जानकारी दिएका छन् ।

प्रजातान्त्रिक कानुन ब्यवसायी मकवानपुरका प्रवक्ता आर.के.मैनालीले आफूहरुको माग संबोधन नभएका कारण निर्वाचन प्रर्णालीमा सहभागी नहुने स्पष्ट पार्नुभयो ।

बारको बिद्यान २०४८ को परिच्छेद ३ को दफा ५को गमा उल्लेख भए अनुसार कुनैपनि कानुन ब्यवसायी अन्य क्षेत्रमा संलग्न हुन नहुने ब्यवस्था भएपनि बिद्यान बिपरित आठजना सदस्य थप गरिएका कारण यस बिषयमा छानबिन गरेर मात्रै निर्वाचन गर्नुपर्ने आफूहरुको माग भएको प्रजातान्त्रिक कानुन ब्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले बताउनुभयो ।

तर,नेपाल बारएसोसिएन मकवानपुर इकाईका अध्यक्ष इश्वरी अधिकारीले यी सबै कुरा ढिला उठान गरिएका कारण अब निर्वाचन नरोकिने स्पष्ट पार्नु भएको छ । उहाँले निर्वाचन रोक्नुपर्ने कुनै कारण नै नभएको समेत स्पष्ट पार्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्