छिमेकीको सहारा र भैँसी गोठमा रात बिताउँदै पीडित, १२३ परिवारलाई राहत वितरण



ललित सिंह, चैनपुर, बझाङ । 

नेपाल रेडक्रस सोसाईटी बझाङ शाखाले बर्खाको समयमा आएको बाढी पहिरो बाट घरवार बिहीन भएका जिल्लाका १२ वटा स्थानीय तहका १२३ परिवारलाई गैरखाद्य सामाग्री सेट राहत बितरण गरेको छ । दैबिक प्रकोपलाई मध्ये नजर गरी पिडीत परिवारको तत्काल पिडामा मलम लगाउने हेतुले राहत सामाग्री बितरण गदै आएको नेपाल रेडक्रस सोसाईटी बझाङ शाखाका सभापति खड्क बहादुर बोहराले बताएका छन् ।

प्राकृतिक बिपत र कोरोना भाईरस महामारी लाई मध्येनजर गरी जिल्लाको खप्तडछान्ना गाउँपालिका,बित्थडचिर गाउँपालिका,तलकोट गाउँपालिका र जयपृथ्बी नगरपालिका मा “बिपत ब्यावस्थापन संरक्षण तथा आपत्कालिन स्वास्थ्य सेवा संस्थाले प्रवाह ” गदै आएको सभापति बोहराले बताए ।

“घरको माथीबाट पहिरो आएर घरमा बस्ने वाताबरण छैन् , अहिले तत्काल छिमेकी भाईको घरमा एक कोठामा हुलहाल गरी ८ जना बसेका छौ र केहि परीवार नजिकैको गाई,भैसी बाध्ने गोठमा बस्दै आएको स्थानीय दिल खड्का र हिरा बहादुर सिंहले बताए । उनले भने जिल्ला प्रशासन कार्यालयबाट दुई/दुई ग्याबीन जाली र तत्काल रेडक्रसले दिएको पाल गाईगोठको चुनेछानामा राखेर रात काटिरहेका छौ घर लगाउँन उचित ठाउँ र जग्गा छैन्” ।

गत साउन महिनाको २५/२६ र २८ गते आएको अबिरल बर्षाका कारण घरमाथी बाट पहिरो आएर केहि परिवार घर बिहिन अवस्थामा रहेका थिए उनिहरुलाई संस्थाको तर्फबाट केहि गैरखाद्य सामाग्री सेट राहत बितरण गरेको छ ।

“ बिगत देखिनै पिडामा परेका परिवार लाई राहत बितरण, बिपत ब्यावस्थापनमा सहयोग,जिल्लाका बिभिन्न स्थानीय तहमा रहेका बिकट बस्तीमै गएर कोरोना न्युनिकरण समबन्धी जनचेतना अभिबृद्धी कार्यक्रम,क्वारेनटिन ब्यावस्थापनमा सहयोग जस्ता सामाजिक कार्यमा सहयोग गदै आएकोे नेपाल रेडक्रस सोसाईटी बझाङका मन्त्री ईश्वरनाथ जोशीले जानकारी दिएका छन् ।

उनले भने हामीले प्रहरीको स्थलगत सर्जमुनि मुचुल्का र स्थानीय सरकारको सिफारीस अनुसार आएका पिडीत परिवारलाई तत्काल उनिहरुको घाँउमा मलम लगाउन शाखाको तर्फबाट गैरखाद्य सामाग्री सेट दिएको बताए । बर्खाको निरन्तर झरीले जिल्लाका घेरै बस्तीहरु बिस्थापीत गनु पर्ने अवस्था रहेको छ भने दजनौ घर पहिरोले बगाई धनजनको क्षति भई परिवारहरुको बिचल्ली भएको छ । अहिले सम्म पनि जिल्लामा घरबिहिन भएका परिवार भने स्थापीत हुन सकेका छैनन् ।

यता जिल्ला प्रशासन कार्यालय बझाङले भने जिल्ला स्तरीय “विपद् व्यवस्थापन समिति” बनाएका छौ । यस बर्ष जिल्लामा धेरै धनजनको क्षती भएको छ । पिडीत अत्यन्तै छन्,घर पूर्णरुपमा बगाएका केहि ब्यक्तिहरुलाई १५ हजार देखि २० हजार सम्म आर्थिक राहत नियम अनुसार दिएका छौ ।

जिल्लाका केहि स्थानीयहरु घरवार बिहिन,कमाई खाने जग्गा बिहिन भई दैनिक बिभिन्न ठाउँबाट प्रशासनमा आइ रहेका छन्, “यता हामी संग राहतको रकम छैन कताबाट दिने सबैलाई जटिल समस्या” परेको साहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर सार्कीले जानकारी दिए । उनले भने अहिले पिडीतहरु दिनानु दिन अफिस धाउँन्छन्,“सबैको घर खेत छ खेती समेल्छन् ! हाम्रो बाडीपहिरोले बगायो अब हामीले के गर्ने सरकारले सहयोग गर्नु पर्यो भन्दै दुःख पोख्छन्” । अब सबै सरोकारवाला निकायहरुको हातेमालोमा सम्बन्धीत निकायसंग पहल गरिने साहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर सार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्