सरकारले नदेखेको सुकेपोखरी गाउँ



उत्तम नेपाल, भद्रपुर ।

पूर्वी नेपालको पाँचथरको फिदीम नगरपालिका १४ मा रहेको सुकेपोखरी गाउँ सरकारको ओझेलमा परेको छ । सरकारले गाउँमा आधारभुत आवश्यक्ता पूरा नगरको स्थानीयको गुनासो छ ।

चुनावका बेला पटक–पटक गाउँ आउने नेता चुनाव पछि फर्केर नाआएको स्थानीय प्रतिजङ राइ बताउँनुहुन्छ । बाटो, खानेपानी,विजुली वत्ती सवै गाउँलेले नै व्यवस्था गरेका कारण सरकार नभएको उहाँको भनाइ छ । समस्याका बारेमा पटक– पटक सरकारलाइ जानकारी गराउँदा वास्ता नगरेको उहाँको गुनासो छ ।

नेपाल सरकारको वेवास्तका कारण सुकेपोखरीले परिचित गाउँ छुट्टै राज्य जस्तो भएको स्थानीय फौजमान राइ बताउँनुहुन्छ । फेदिमा ठुलो पोखरी र तलमाथी वरिपरी आधा दर्जन भन्दा बढी घर भएको साथै पर्यटकीय गन्तव्यका लागि प्रचुर मात्रामा सम्भावना बोकेको गाउँमा केन्द्रको त के स्थानीय सरकारको पनि ध्यान जान नसकेको उहाँको भनाइ छ ।

पाँचथरको फिदीम स्थित पौवाभञ्याङ्बाट करिव ७ किलोमिटर उत्तरमा रहेको सुकेपोखरी पुग्न सडकको अवस्था विग्रीएको छ । स्थानीयले अन्दाजी ३८ लाख रुपैयाँको लागतमा १० वर्षअघि सडकको रेखाङ्कन गरेका थिए । बर्खायाममा बल्ल तल्ल त्यस्तै उस्तै गाडीहरु आउने गरेको त्यहाँका स्थानीयको भनाइ छ ।

ताप्लेजुङ, तेह्रथुम, पाँचथर र इलाम जाने पहिलेको यो मुख्य सडक हुदै इलाम र दार्जिलिङ जोडिने बाटो यही भएको फैजमान बताउँनुहुन्छ । नीजी स्रोतबाट बाटो र विजुली पानी ल्याएको हो ,नेपाल सरकार कहाँ छ थाहा छैन उहाँले भन्नुभयो । वि.स..२०३२ सालमा नापी भएपनि सो भन्दा अघि देखि नै बसोबास गर्दै आइरहेको र हाल १२ घरमा डेढ सय जनसङ्ख्या रहेको उहाँको भनाइ छ ।

स्थानीय सरकारले यो ठाउँलाइ प्रर्वद्धन गर्न बजेट नदिएको फौजमान को भनाइ छ । बजेट छैन भन्दै टार्दै गइरहेको राइ बताउँनुहुन्छ । वि..सं.२०४३ सालमा नै यो पर्यटकीय क्षेत्र भनेर घोषणा गरिए पनि हालसम्म यो गाउँ सरकारले नदेखेको उहाँको भनाइ छ । कृषि र जनमन गरेर त्यो समयमा ६ घरबाट उठाएको अनुमानित ३८ लाख रुपैयाँ बाटोमा लागेको प्रतिजङ्ले बताउँनुभयो ।

हालसम्म स्थानीय सरकारले चासो नदेखाएको उहाँले जनाउँनुभयो । राजनीतिका कारण यो ओझेमा पर्दै गएको स्थानीयको भनाइ छ । सवै पार्टी स्वार्थ र पैसामा बिक्ने गरेको स्थानीय आर के राइ बताउँनुहुन्छ । उत्पादित कृषि सामान बिक्रीका लागि पौवाभञ्याङ बजारमा निर्भर रहनु परेको उहाँको भनाइ छ । विद्यालय छैनन । अस्पताल टाढा फिदीममा छ । रहेको प्रहरी चौकी पनि सुगमतिर सरेको टिकुमाया वान्तवाले बताउँनुभयो । पहिले डोकोको भरमा विरामी लानु पर्ने तर अहिले अलिक सजिलो भएको उहाँहरुको भनाइ छ । एसएलसी पास भएपनि बेरोजगार, बस्नु परेको सानुमाया वान्तवाले बताउँनुभयो । कृषि पेसामा आबद्ध आलु ,छुर्पी,कोभि,मुला लिन व्यापारी आउने गरेको र छुर्पी भने सिधै काठमाडौ जाने गरेको उहाँले बताउँनुभयो ।

यो गाउँ भेडा पालनको राम्रो सम्भावना भएको टिकुमाया राइ बताउँनुहुन्छ । ग्राभेल सडक अनिवार्य हुनु पर्ने उहाँहरुको माग छ । व्यत्तिगत रुपमा प्रचार– प्रसार गरिरहेको भएपनि सरकारले उपेछित गरेको क्षेत्र भएको उहाँहरुको गुनासो छ । केही दिन अघि घरलौरी ५ हजार उठाएर बाटो मर्मत गरेपनि आवत जावतमा समस्या भइरहेको प्रतिजङगको भनाइ छ । फिदीमदेखी २० किलोमीटरको दुरीमा भएपनि स्थानीय सरकार एकपटक नआएको स्थानीयको गुनासो छ । ५८ लाख २४ हजारमा विजुली वत्ती जडान गरी सञ्चालमा ल्याएको उहाँहरु बताउँनुहुन्छ ।

प्रचुरमात्रमा सम्भावना बोकेको यो क्षेत्रमा सरकारको ध्यान नजानु दुःखद भएको होम स्टेमा भेटिएका नेत्र कार्कीले बताउँनुभयो । सुविधा सम्पन्न क्षेत्र निर्माण गर्नु आवश्यक रहेको पर्यटनकर्मी समेत रहेका कार्कीले बताउँनुभयो । ग्रामीण पर्यटन प्रर्वद्धन विकासका लागि केही दिन अघि पाँचथरको पौवाभञ्याङ्मा आयोजना गरिएको कार्यक्रममा सुकेपोखरी र सोही स्थानमा रहेको होम स्टेका विषयमा कार्यक्रम सञ्चालन गरिएपनि सोही क्षेत्रमा गएर कार्यक्रम सञ्चालन नगर्नुले सरकारकले ध्यान नदिएको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्