गुण्डा नाइके ‘राधे’ पक्राउ



न्युज अफ नेपाल, धादिङ ।

जिल्ला प्रहरी कार्यालय धादिङले विभिन्न आपराधिक गतिविधिमा संलग्न हुँदै आएका ‘गुण्डा नाइके’ राधाकृष्ण भण्डारी ‘राधे’ पक्राउ गरेको छ ।

धादिङ सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धाक–धम्की दिएको उजुरीको आधारमा उनी पक्राउ परेको धादिङक प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले बताए ।

सिद्धलेक गाउँपालिकामा अवैध रुपमा सञ्चालन गरेको राधेको क्रसर जनप्रतिनिधिले बन्द गराउन खोजेपछि उनीहरुबीच विवाद भएको थियो । राधे पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।

उनीमाथि यसअघि धादिङकै आयुष तामाङमाथि खुकुरी प्रहार गरेकोदेखि २०७० मा धादिङबाट काठमाडौँ आउँदै गर्दा धादिङकै दिनेश अधिकारी ‘चरी’ लाई गोली हानेको अभियोग छ ।

चरी पछि भीमढुंगामा प्रहरीको इन्काउन्टरमा मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्