पाँच लाखको अखाद्य वस्तु बरामद



बैतडी, (नेस)
बजार अनुगमनमा तीव्रता दिइरहेको संयुक्त बजार अनुगमन समिति बैतडीले देहिमाण्डौं, खोड्पे, विफ्याकटाललगायतका क्षेत्रमा अनुगमन गर्दा पाँच लाखबराबरको अखाद्य वस्तु बरामद गरेको छ । चाडपर्वलाई मध्यनजर गरेर बजारमा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन कार्यलाई तीव्रता दिइएको हो ।
अनुगमनका क्रममा बियर, मसला, तेल, नमकिनलगायतका २ लाख ४७ हजार ३ सय रुपियाँ बराबर म्याद गुज्रेका सामग्री बरामद गरी नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले बताउनुभयो । ४५ वटा किराना पसल, होटेल, मेडिकललगायतमा अनुगमनका क्रममा मूल्यसूची राख्न, दर्ता नभएकाहरुलाई सम्बन्धित निकायमा दर्ता गर्न, म्याद गुज्रेका सामग्री विक्रि वितरण नगर्न आग्रह गरिएको उहाँको कथन छ । जिल्लाका विभिन्न ठाउँमा गरिएको अनुगमनबाट अहिलेसम्म ५ लाख बढीको म्याद गुज्रेको सामग्री बरामद गरी नष्ट गरिएको पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोली भन्नुहुन्छ ।
सामग्री खरिद गर्दा उपभोग्य र उत्पादन मिति हेरेर मात्रै खरिद गर्न उपभोक्तालाई समेत आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह लोगीले बताउनुभयो ।
उपभोक्ताहरूमा समेत मिति हेर्ने बानी नभएकाले बजारमा म्याद गुज्रेका सामग्री बिक्री भइरहेको अनुगमन टोलीको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्