होण्डा कारमा १० लाखसम्म जित्ने मौका



काठमाडौं(नेस) ।

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरी “फेस्टिभ बोनान्जा” स्किम ग्राहकवर्ग माझ ल्याएको छ ।
यस योजना अन्तर्गत होण्डा कारका ग्राहकहरुले १० लाखसम्मको नगद उपहारका साथै अन्य धेरै आकर्षक अफरहरु प्राप्त गर्न सक्ने भएका छन ।
यो योजना अविधि भर ग्राहकहरुले होण्डा कारको खरिदमा १० लाखसम्मको आकर्षक नगद छुटका साथै एक्स्चेन्ज बोनस, लोयल्टी बोनस, १ वर्षको फ्रि कम्प्रिहेन्सिभ इन्स्योरेन्स, ७ वर्षको फाइनान्स सुविधा, १ लाख किमिको वारेण्टी साथै ५ वर्षको फ्रि सर्भिस्का समेत प्राप्त गर्न सक्नेछन ।
यसका साथै फाइनान्समा लिन इच्छुक ग्राहकका लागि न्यूनतम ४दशमलव ५ प्रतिशतसम्मको ब्याजदरमा नेट ३० प्रतिशतको न्यूनतम डाउनपेमेन्ट गरी होण्डा कार चढ्न सक्नेछन ।
यसका साथै स्किम अवधिभर गाडि खरिद गर्नुहुने ग्राहक मध्ये बाट गोलाप्रथा छनौट गरी १ जनालाई १० लाख नगद उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्