विश्व दृष्टि दिवस मनाइयो



काठमाडौं, (नेस)
यस वर्षको विश्व दृष्टि दिवस ‘दृष्टिप्रतिको आस’ भन्ने नाराका साथ नेपालमा पनि मनाइएको छ । यही अक्टोबर ८ तारिखका दिन उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानहरुबारे विश्वभर चेतना फैलाउनका लागि विश्व दृष्टि दिवस मनाइँदै आएको छ ।
विश्व दृष्टि दिवसको अवसर पारेर तिलगंगा आँखा प्रतिष्ठानले धादिङ, नुवाकोट, रसुवा, ओखलढुंगा, सिन्धुपाल्चोक, रोल्पा, रामेछाप र दोलखा जिल्लाका ३ सय जना मोतिविन्दुका बिरामीको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने काम भइरहेको छ ।
माथि तोकिएका जिल्लाको उपत्यका वा आसपासका क्षेत्रमा बसोबास गरेका बिरामीले पनि यो सेवा लिन पाउनेछन् । जसका लागि माथि उल्लेखित गरेको जिल्लामा अवस्थित जिल्ला सामुदायिक आँखा केन्द्रको सिफारिस वा जिल्ला खुल्ने परिचयपत्र र पीसीआर परीक्षणको रिपोर्ट हुनुपर्नेछ । यो सेवा मङ्सिर महिनासम्म लागु हुने तिलगंगाले जनाएको छ ।
तिलगंगालाई निःशुल्क शल्यक्रियाका लागि अन्तर्राष्ट्रिय सहयोगी संस्था द फ्रेड हलोज फाउन्डेसन र हिमालयन क्याट¥याक्ट प्रोजेक्टले सहयोग गरिरहेको जनाएको छ । कोभिड–१९ को महामारीको रोकथाम तथा नियन्त्रणका लागि आँखा शिविरहरुभन्दा यसपटक प्रतिष्ठानले आफ्ना शाखाहरु हेटौंडा सामुदायिक आँखा अस्पताललगायत १७ जिल्लामा रहेका सामुदायिक आँखा केन्दमा, अस्पताल तथा आँखा केन्द्र केन्द्रित कार्यक्रम मात्र सञ्चालन गर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्