जिम्मेवार भएर चाडपर्व मनाउन आग्रह



काठमाडौं, (नेस)

नेपालका लागि विश्व स्वास्थ्य संगठनको प्रतिनिधिका रूपमा हालै नियुक्त हुनुभएका डा. राजेश समबाजीराव पाण्डवले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभयो । उहाँ असोज २ गते नेपालस्थित विश्व स्वास्थ्य संगठनको प्रतिनिधिका रूपमा आफ्नो कार्यभार सम्हाल्न काठमाडौं आइपुग्नुभएको थियोे ।

डा. राजेशले भन्नुभयो– ‘नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले विगतको ५० वर्षमा बलियो साझेदारी विकास गरेका छन् । यो साझेदारीले स्वस्थ नेपालको साझा उद्देश्य बोकेको छ । मैले नेपाल सरकार र अन्य साझेदारहरूसँगको साझेदारीलाई थप सुदृढीकरण गर्न र सबैका लागि स्वास्थ्यको महŒवपूर्ण एजेन्डालाई अघि बढाउनेतर्पm पहल गर्नेछु ।’

उहाँले नेपालमा स्वास्थ्यकर्मीले गरिरहेको कामको महŒवलाई जोड दिनुभयो ।

विश्व स्वास्थ्य संगठनको प्रतिनिधिका रूपमा कार्यभार सम्हाल्दै उहाँले भन्नुभयो– ‘नेपाली समाजका प्रत्येक सदस्यलाई जिम्मेवार भएर चाडपर्व मनाउनु हुन म आग्रह गर्न चाहन्छु । भीडभाड गरेर एकै ठाउँमा जम्मा हुँदा यो रोग देशका सबै कुनासम्म विस्तार हुन सक्छ ।’

‘युवाहरूले घरका ज्येष्ठ सदस्यहरू तथा जोखिममा रहेका अन्य सदस्यहरूको सुरक्षाको सुनिश्चितता गर्नुपर्दछ । युवाहरू पनि कोभिड–१९ को समान जोखिममा रहेका हुन्छन् भनेर समेत उनीहरूले मनन गर्नुपर्दछ । उनीहरूसँग दुइटा विकल्प छन् जोखिम समूहमा रहेकाहरूको जीवन रक्षा गर्ने वा उनीहरूलाई जोखिममा पार्ने।’ –युवालाई लक्षित गर्दै उहाँले भन्नुभयो ।

नेपाल आउनुपूर्व, डा. राजेश सन् २०१५ अप्रिलदेखि सन् २०२०, सप्टेम्बरसम्म टिमोर लेस्टेको लागि विश्व स्वास्थ्य संगठनको प्रतिनिधि हुनुहुन्थ्यो । उहाँले सन् २००४ यता विश्व स्वास्थ्य संगठनमा विभिन्न पदमा रहेर सेवा गर्नुभएको छ ।

विगतमा उहाँ विश्व स्वास्थ्य संगठन, टिमोर लेस्टेमा अवस्थित कार्यालयका लागि स्वास्थ्य नीति सल्लाहकार (सन् २०११ मार्च, २०१५), मेडिकल अधिकृत (जनस्वास्थ्य), विश्व स्वास्थ्य संगठन माल्दिभ्स कार्यालय (सन् २००९—२०११) सम्म हुुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्