पूरा हुँदै १,१११ आँखादान प्रतिवद्धता



न्युज अफ नेपाल, हेटौंडा ।

आफ्नो एरियामा १ हजार १ सय ११ आँखादानको प्रतिवद्धताअनुसार ४ सय ७ जनाको आँखादानको प्रतिवद्धतापत्र हस्तान्तरण गरिएको छ । उक्त पत्र हेटौंडा सामुदायिक आँखा अस्पतालमा बुझाइएको हो ।

लायन्स क्लबका डिष्ट्रिक्ट ३२५ बी २ का गभर्नर शम्भु नकर्मीले चलाएको महत्वपूर्ण अभियान ‘मरणोपरान्त आँखादान गरौं’ का लागि डिस्ट्रिक्टका ७ वटा एरियामा १ हजार १ सय ११ आँखादानको लक्ष्य लिइएको थियो । जसअनुसार एरिया–२ मा बिहीबारसम्म ४ सय ७ वटा प्रतिवद्धतापत्र प्राप्त भएको छ ।

आफ्नो मरणपश्चात् दृष्टिविहीनका लागि प्रत्यारोपण गर्न सहज होस् भन्दै आयोजना गरिएको आँखादान इच्छापत्रमा हौसलापूर्वक आँखादान गर्नेको संख्या धेरै रहेको लायन्स क्लब अफ इन्टरनेसनल ३२५ बी २ का डिष्ट्रिक्ट गभर्नर नकर्मीले बताउनुभयो ।

महादान मानिने आँखादानका लागि १ हजार १ सय ११ जनाको आँखादान लक्ष्यअनुरुप निरन्तर इच्छापत्र भर्नेको लहर बढिरहेको लायन्स क्लब अफ इन्टरनेसनल ३२५ बी २ एरिया २ चिफ अंकिता सुमार्गीले बताउनुभयो ।

एउटा मानिसको आँखाबाट चार जनाले संसार हेर्न पाउने हुँदा आफूहरुको गर्वसाथको सामूहिक प्रयासले १ हजार ६ सय २८ जनाले आँखा हेर्न पाउने भन्दै लायन्स सदस्यहरुले खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्