क्युरिन विश्वकै सबैभन्दा लामा गोडाकी धनी



वासिंगटन,(एजेन्सी) । 

विश्वमै सबैभन्दा लामो खुटटाकी धनीको उपाधि प्राप्त एकजना अमेरिकी किशोरीले अनौठा शारिरीक रुप भएका मानिसहरुलाई प्रोत्साहित गरिरहेकी छन् । टेक्सास निवासी मासी क्युरिनको दाँया खुटा १ सय ३४ दशमलव ३ से.मि। र बाँया खुटा १ सय ३५ दशमलव ३ सेमि लामा छन् ।

उनी ६ फिट १० इन्च अग्ली छिन् । दुई वर्ष अघि उनलाई विशेष रुपमा तयार पारेर एकजोर लेगिन्स नदिइँदा सम्म उनले आफ्ना खुटाको लम्वाईले विश्व किर्तिमान राख्लान् भन्ने सोचेकी पनि थिइनन् । सत्र वर्षिया क्युरिनले अस्वाभाविक शारिरीक रुप भएक सम्पूर्ण मानिसका नाममा एक सन्देश पठाउँदै यस्तो प्राकृतिक देनलाई माया र सममान गर्न प्रेरणा दिएकी छन् ।

साथै उनले आफ्नो किर्तिमानबाट पनि अन्य अग्ली महिलाहरु प्रेरित हुने आशा व्यक्त गरेकीछन् । उनलाई आफ्नो शारिरीक उचाई ढोकाहरुमा छिर्दा , कारमा बस्दा वा केहि लुगा लगाउँदा असजिलो भएपनि बिद्यालयमा भलिबल खेल्दा निकै उपयोगी सावित भएको छ ।

गिनिज वल्र्ड रिकर्ड्सका अनुसार मासी वेलायतको विशवविद्यलयमा अध्ययन गर्न चाहन्छिन् । उनले रसियाकी एकातेरिना लिसिनाबाट विशव उपाधि छिनेकी हुन् । खुटा लामो भएपनि उचाइको हिसाबमा उनी भचीनकी ७ फिट ३ इन्च अग्ली सुन फाँगको निकै पछाडि रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्