ट्रम्पको चुनाव अभियान विथोल्न खोज्ने महिला पक्राउ



न्युयोर्क सिटी, (एजेन्सी) ।

अमेरिकाको मेन्टगोमरी प्रहरी कार्यालयले मानिसहरुका घर घरबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चुनावी चिन्ह चोर्न छ जना बालबालिका प्रयोग गर्ने एक महिलालाई न्युयोर्क सिटीमा गिरफतार गरिएको जनाएको छ ।

पैंतालिस वर्षिया डियाना एल्गारिन विरुद्ध बाल हित र अधिकार खतरामा पारेको , साथमो चोरिएका सामान राखेको , चोरी गरेको , गाजा साथमा राखेको , १५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई सिटवेल्ट लगाउन नदिई कारमा राखेको जस्ता अभियोग लगाइएको प्रहरीले जनाएका छन् ।

मोन्टगोमरी र स्केनेक्टाडी काउन्टिमा ट्रम्प अभियानका साइनहरु हराउन थालेको उजुरी पछि गरिएको अनुसनधानको क्रममा एल्गारिन पक्राउमा परेकी हुन् । प्रहरीले उनको कारबाट ति साइन वरामद गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्