शर्मालाई नेपाल बक्सिङ संघको सहयोग



न्युज अफ नेपाल, काठमाडौं ।

पुर्व अन्तराष्ट्रिय नेपाली मुक्केबाज ओम प्रकाश शर्माको उपचारको लागि नेपाल बक्सिङ संघले आर्थिक सहयोग गरेको छ ।

प्यारालाईसिसबाट थलिएका शर्माको उपचारका लागि संघले ७५ हजार रुपैयाँ नगद सहयोग गरेको हो । बिहिवार काठमाडौंको शान्ति निकुञ्ज विधालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रममा ओलम्पिक कमिटीका सदस्य एवं नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले उपचारका लागि उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा एक महिनाअघि प्यारालाईसिसबाट थल्लिनु भएको थियो । नेपालमा बक्सिङ संघको स्थापनाकाल २०३३ सालबाट बक्सिङ खेल्न थाल्नुभएका शर्माले भारतको मुम्बईमा भएको एसियन च्याम्पियनसिप लगायत विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरुमा खेल्नुभएको थियो ।

शर्माको उपचारार्थ आर्थिक सहयोगका लागि संघले ईच्छुक देश, विदेशमा रहनुहुने पुर्व बक्सिङ खेलाडी, प्रशिक्षक, रेफ्रीजज लगायत सम्पूर्ण शुभचिन्तकहरुलाई समेत आव्हान गरेको नेपाल बक्सिङ संघका अध्यक्ष अवालेले बताउनुभयो । उनले भने,–“सबैजना मिलेर आर्थिक सहयोग गरी पुर्व बक्सिङ खेलाडीको जीवन बचाउनु हामी सबैको जिम्मेवारी हो र यो जिम्मेवारी पुरा गर्न सम्पूर्ण बक्सिङ प्रेमी महानुभावहरुमा हामी हार्दिक अपिल गर्दछौं ।ू

उहाँले संघको आव्हानलाई पुरा गर्न आफुले सकेको सहयोग गर्नुहुने सम्पूर्ण बक्सिङप्रेमी महानुभावहरुलाई धन्यवाद ब्यक्त गर्दै पुर्व बक्सिङ खेलाडी ओम प्रकाश शर्माको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्