नेपालको आर्थिक वृद्धिदर शुन्य दशमलव ६ प्रतिशतमा खुम्चने विश्व बैंकको प्रक्षेपण



न्युज अफ नेपाल, काठमाडौँ ।

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर शुन्य दशमलव ६ प्रतिशतमा खुम्चने प्रक्षेपण गरेको छ ।

आज सार्वजनिक गरिएको विश्व बैंकको अर्धवार्षिक अपडेटका अनुसार सन् २०२० मा शुन्य दशमलव २ प्रतिशतमात्र रहेको नेपालको आर्थिक वृद्धि २०२१ मा शुन्य दशमलव छ प्रतिशत पुग्ने अनुमान गरिएको छ । कोरोनाको विनाशकारी असर जारी रहेका कारण दक्षिण एशिया यस वर्ष हालसम्मकै खतरनाक मन्दीमा डुबेको छ ।

कोभिडका कारण दक्षिण एसियाको अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेको जसका कारण दक्षिण एशियाली मुलुक चरम गरीबीमा धकेलिदैं गएको विश्व बैंकले प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्