परराष्ट्रमन्त्रि प्रदिप ज्ञवाली रसुवा भ्रमणमा, रसुवागढि र मैलुङ सडकको अवलोकन



सरस्वती न्यौपाने, रसुवा ।

पराष्ट्रमन्त्रि प्रदिप कुमार ज्ञवालिले रसुवा भ्रमण गरि रसुवागढि नाका र मैलुङ सडकको अवलोकन गर्नुभएको छ। मन्त्री ज्ञवालि रसुवा भ्रमण गर्नुको उदेश्य रसुवागढि नाका व्यवस्थापन तथा सन्चालनमा ल्याउन, चिन सरकारले निर्माण गर्न लागेको स्याफ्रुवेसि टिमुरे सडक अवलोकन गरि निर्माणाधीन एकृकित भन्सार कार्यालय तथा सुख्खा वन्दरगाह निर्माणमा देखा परेका समस्या तथा आएका समस्या समाधान गर्नु हो ।

यस्तै, उहाँले निर्माणाधीन एक सय ११ मेगावाटको रसुवाढि जलविद्युत आयोजना अवलोकन गरि रसुवागढि नाकाका साथै अन्य पुर्वाधारहरूको समेत अवलोकन गर्नुहुनेछ । सबै कुराको अध्ययन पछि सम्भाव्यता सम्बन्धि सरकारसमक्ष पहल गर्ने लगाएत निर्माणाधीन गल्छि- वेत्रावति- मैलुङ- स्याफ्रुबेसि सडक निरिक्षण तथा अवलोकन गर्ने कार्यक्रम रहेको नेकपा जिल्ला कमिटि सदस्य एवम पुर्व जिल्ला खेलकुद विकास समिति अध्यक्ष तेम्पा सिङगि तितुङले जानकारि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्