चालकको लापरवाहीले दुर्घटना भएको भन्दै आफन्तले शव बुझेनन्, स्थानीयद्वारा ढुङ्गमुढा



बासुदेव शर्मा, जाजरकोट । 

जाजरकोट जुनीचाँदे गाउँपालिका १ को औलभीरबाट जिप दुर्घटना हुदाँ वडा अध्यक्ष सहित ६ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ताको सव फेला परेको छ । योसगै मृतकको संख्या ७ पुगेको छ ।

जनप्रतिनिधि प्रमुख जिल्ला अधिकारी र डिएस्पी नआउदा सम्म सव नवुझने भन्दै मृतकका आफन्त र स्थानियले ढुङ्गमुुढा गरेका छन् । घटनाको समस्या समाधानका लागी प्रमुख जिल्ला अधिकारी चेतराज बराल, प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठ लगाएतको टोली दुर्घटना स्थल तर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले वताउनु भयो ।

जिप दुर्घटनामा मृत्यु भएका मृतकका आफन्तले स्थानिय सरकारका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सरोकारवाला निकायका प्रतिनिधि नआउदा सम्म सव नवुझने भन्दै नाराबाजी सहित ढुगामुङ्गा गरेको स्थानिय गोपाल गिरीले जानकारी दिनु भयो । विगत देखी गाउँपालिकाको केन्द्र विवादले षडयन्त्रपुर्ण तरिकाले घटना घटेको स्थानियको आरोप छ ।

दुई पक्ष विच झडप हुने सम्भावना भएपछि इलाका प्रहरी कार्यालय वडावन, ईलाका प्रहरी कार्यालय पन्चालाबाट गएको प्रहरी टोलिले स्थानियको आक्रोश रोक्न नसकेपछि ईलाका प्रहरी कार्यालयगर्खाकोट रजाजरकोट सदरमुकाम खलंगाबाट शसस्त्र र नेपाल प्रहरीको थप टोली हिजै घटना स्थल तर्फ गएको थियो । स्थानिय नागरिकले प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख डिएस्पी लागएत गाउँपालिकाका अध्यक्ष नआउदाँ सम्म सव नवुझने भनेपछि घटना समाधान गर्न प्रमुख जिल्ला अधिकारी चेतराज वराल, प्रहरी प्रमुख किशोर श्रेष्ठ लगाएतको टोली घटनास्थल तर्फ प्रस्थान गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले वताउनु भयो ।

बुधवारनै फेला परेका भनिएका लाल बहादुर बुढा नभएर छेडागार नगरपालिका ५ का कर्ण बहादुर शाही सव भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका जुनीचाँदे गाउँपालिका ११ मेसुका १८ बर्षिय लाल बहादुर बुढाको सव करिव ६ सय मिटर तल खोलामाफेला परेको छ । यो सगै जिप दुघटनामा मृत्यु हुने मृतकको संख्य ७ पुगेको छ ।

पालिकाको केन्द्रको लागी बिगत देखि विवाद हुदै आएकोले घटना षडयन्त्रपुर्ण भएको बाटोको स्तरउन्नती नहुदाँ मानविय क्षेति भएको भन्दै उचित क्षतिपुर्तिको माग राख्दै स्थानिय आक्रोशित भएको प्रहरीले जनाएको छ ।

सकडको ग्रेड नमिलेको थोत्रा गाडी संचालन गरेको चालकको लापरवाहिले दुर्घटना भएको  भन्दै स्थानिय आक्रोशित भएपछि घटना स्थल तनावग्रस्त भएपछि प्रमुख जिल्ला अधिकारी सहितको टोली त्यस तर्फ प्रस्थान गर्नु भएको छ ।

जाजरकोट सदरमुकाम खलंगाबाट जुनीचाँदेको केन्द्र पराले तर्फ गैरहेको भे १ ज ९३५ नम्वरको जिप जुनीचाँदे गाउँपालिका १ औलभीरमा दुर्घटना हुदा ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा जुनीचाँदे ११का वडा अध्यक्ष अमर बहादुर शाही वडा नंम्वर ११ का ६० बर्षिय कृति बहादुर शाही, वडा नंम्वर ११ मेसुका १८ बर्षिय लाल बहादुर बढा, छेडागाड नगरपालिका ५ का कर्ण बहादुर शाही सोहि वडाका स्वास्थ्यकर्मी ३० बर्षिय खिम बहादुर शाही, जुनीचाँदे ५ गर्खाकोटका ३० बर्षिय कृष्ण बहादुर शाही सोही वडाकी ३० बर्षिय मालिका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख किशोर कुमार श्रेष्ठले वताउनु भयो । वडा नंम्वर ११ का शिक्षक नर बहादुर वुढा गम्भीर घाईते भएका छन । घाईते बुढालाई उपचारको लागी सुर्खेत पठाएको छ । औलभीरबाट खसेको गाडी करिव दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनास्थल तनावग्रस्त भएकोले दुई पक्ष विच झडप हुने सम्भावना वढेको स्थानियको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्