वैज्ञानिकहरु पृथ्वी भन्दा राम्रो वातावरण भएको अर्को ग्रहको खोजीमा



बर्लिन (एजेन्सी)
वैज्ञानिकहरुले हाम्रो सौर्यमन्डल बाहिर अहिलेसम्म करिब ४ हजार ५ सय एग्जोप्लानेट अर्थात कुनै तारालाई परिक्रमा गरिरहेका ग्रह पत्ता लगाइसकेका छन् । यी ग्रहहरुको गहन अध्ययनले करिब २ दर्जन ग्रहमा जीवनका लागि पृथ्वीको भन्दा राम्रो स्थिति हुन सक्ने उनीहरुले बताएका छन् । जीवन बसाउन सकिने ग्रहको खोजीका लागि अन्तरिक्षमा रहने अत्यन्तै सक्तीशाली नयाँ पुस्ताको टेलिस्कोप आवश्यक भइसकेको वैज्ञानिकहरुले बताएका छन् ।
एस्ट्रोबायोलोजी जर्नलमा प्रकासित अध्ययन अनुसार फरक फरक अवस्थाका कयौं ग्रहहरु छन् । ती मध्य केही धरै गिलो, केही तातो र केही पृथ्वीभन्दा धेरै ठुला छन् । खगोलशास्त्रीहरु आफनो तारालाई परिक्रमा गर्ने क्रममा पानी तरल अवस्थामा हुने ग्रहहरुको खोजीमा लागिरहेका छन् । यी ग्रहमा केड्वार्फ ताराको परिक्रमा गर्ने ग्रहहरु पनि परेका छन् । केड्वार्फ हाम्रो सुर्य भन्दा धरै चिसो हुन्छ । यद्यपी यसको आयु भने २० देखि ७० अर्ब बर्षसम्म हुन्छ । यसको तुलनामा हाम्रो सुर्यको आयु मात्र ८ अर्ब बर्ष मानिएको छ ।
यदि यी सौर्यमन्डलहरुमा जीवन हुने हो भने त्यहाँ पनि हाम्रो धर्तिमा जस्तै वा यो भन्दा धरै जटिल परिस्थिति बन्न पर्याप्त समय वितिसकेको हुनु पर्ने वैज्ञानिकहरुको धारणा छ । अहिलेसम्म पत्ता लागेका कुनै पनि ग्रह पृथ्वी जस्तो दुरुस्त भेटिएका छैनन् । यद्यपी एक ग्रहमा देखिएका चार विशेषतालाई भने वैज्ञानिकहरुले अत्यन्तै महत्व दिएका छन् ।
यो सुचीमा रहेका ग्रह पृथ्वीबाट कम्तिमा १ सय प्रकास बर्ष टाढा रहेको शोधकर्ताहरुले बताएका छन् । त्यसैले आउने बर्षहरु मै त्यहाँ पुग्न सुम्भव हुने छैन । बर्लिनको टेक्निकल युनिभर्सिटीको सेन्टर फर एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्सका प्रोफेसर डाक्टर डर्क सुल्ज माकुचका अनुसार यो नतिजाले अति तिब्र गतिको यात्रा अघि पनि फाइदा हुन सक्ने बताए । धेरै अत्याधुनिक टेलिस्कोपको मद्दतले धेरै जानकारी हासिल हुने र केही लक्ष्य तय गर्न सकिने उनले बताए ।
अर्को बर्ष नासाको जेम्स वेब स्पेस टेलिस्को प्रक्षेपण हुने छ । लुभोयर स्पेस अब्जरभेटरी कन्सेप्टबाट युरोपेली स्पेस एजेन्सीको प्लेटो स्पेस टेलिस्कोपको भन्दा धेरै अपेक्षा गरिएको छ । सुल्जका अनुसार वातावरणमा धेरै सम्भावना देखिएका ग्रहहरुमा धेरै ध्यान दिनु पर्नेछ । केही ग्रहमा जीवन पृथ्वीको भन्दा धेरै राम्रो हुन सक्ने भएकोले अरु ग्रहको खोजीमा पछाडी पर्न नहुने वैज्ञानिकहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्