दाउत र दीपाले ल्याए हृदयको आवाज



दशैं नजिकिँदै जाँदा दशैं केन्द्रित गीतहरु धमाधम बजारमा आइरहेका छन्। यसै क्रममा दशैंको कोसेलीस्वरूप गायक दाउत राई र गायिका दीपा लामाको स्वरमा हृदयको आवाज बोलको गीत म्युजिक भिडियोसहित डिजिटल बजारमा सार्वजनिक गरिएको छ।
माया–प्रेमको चर्चा गरिएको गीतमा शब्द रचना अमर बान्तुको छ भने स्वयं गायक दाउत राईकै संगीत छ। संगीत संयोजन उदयराज पौडलको छ।
देवजंग थापाको छायांकन र निर्देशन रहेको म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र दिपिका लामा ब्लोनले रोमान्स गरेका छन्। प्रदीप बस्नेतले सम्पादन गरेको भिडियो गायक राईको युट्युब च्यानल दाउत राईमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्